November 11th, 2018

बैंकिङ फाइनान्स र इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल र बंगलादेश इन्स्टिच्युट बैंक म्यानेजमेन्ट, बीच सम्झौता

बैंकिङ खबर । बैंकिङ फाइनान्स र इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल र बंगलादेश इन्स्टिच्युट अफ बैंक म्यानेजमेन्ट, ढाका, बंगलादेश बीच बैंकिङ तथा वित्तीय क्षेत्रको जनशक्ति विकास सम्बन्धमा दिर्घकालीनरुपमा सहकार्य गर्ने सम्बन्धी सहमतिपत्रमा एक समारोहका बीच ढाका स्थित बंगलादेश इन्स्टिच्युट अफ बैंक म्यानेजमेन्टको कार्यालयमा मिति २०७५ साल कार्तिक २१ गते लक्ष्मीपूजाका दिन हस्ताक्षर सम्पन्न भएको छ । सहमतिपत्रमा बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालको तर्फबाट संस्थाका अध्यक्ष डा. विनोद आत्रेय र बंगलादेश इन्स्टिच्युट अफ बैंक म्यानेजमेन्टको तर्फबाट उक्त संस्थाका डाइरेक्टर जनरल डा.तोफिक अहमद चौधरीले हस्ताक्षर गरे ।  

नेपालका १५ वटा बैंक तथा वित्तीय संस्थाहरु र इमर्जिङ्ग नेपाल लिमिटेडले समग्र नेपालको वित्तीय क्षेत्रमा दक्ष जनशक्ति विकासका लागि प्रबद्र्धन गरेको बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले बंगलादेशको केन्द्रीय बैंक सहित अन्य सरकारी तथा निजी क्षेत्रका बैैैंकहरुद्धारा प्रवद्र्धन गरेको हो । 

१९७४ देखि संचालनमा रहेको बंगलादेश इन्स्टिच्युट अफ बैंक म्यानेजमेन्टसंगको सहकार्यले सर्टिफाइड शैक्षिक कार्यक्रमहरु संचालन गर्ने, सेमिनार, कार्यशाला तथा गोष्ठीहरु आयोजना गर्ने, वित्तीय क्षेत्रमा अनुसन्धान तथा परामर्श सेवा प्रदान गर्ने जस्ता कार्यहरु मार्फत नेपालको वित्तीय क्षेत्रको जनशक्ति विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको छ । 
बंगलादेश इन्स्टिच्युट अफ बैंक म्यानेजमेन्टले आयोजना गरेको साताँै बार्षिक बैंकिङ सम्मेलनका अवसरमा गरिएको उक्त सहमतिपत्र हस्ताक्षर कार्यक्रममा बैंकिङ्ग फाइनान्स र इन्स्योरेन्स इन्ष्टिच्यूूट अफ नेपालका संचालक भवानी ढकाल र सुदिप खनाल तथा बंगलादेश इन्स्टिच्युट अफ बैंक म्यानेजमेन्टका विशिष्ट पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]