November 4th, 2018

लक्ष्यभन्दा पाँच अर्ब ४३ करोड रुपैयाँ बढी राजश्व सङ्कलन

पर्सा । चालू आर्थिक वर्ष २०७५।७६ को तीन महिनामा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा पाँच अर्ब ४३ करोड रुपैयाँ बढी राजश्व सङ्कलन गरेको छ ।

चालू आवको साउनदेखि असोजसम्मका लागि कार्यालयले ३७ अर्ब ७५ करोड ३२ लाख लक्ष्य पाएकामा ४३ अर्ब १९ करोड १७ लाख  राजश्व सङ्कलन गर्न सफल भएको छ। सङ्कलित राजश्व लक्ष्यभन्दा १३ प्रतिशत बढी रहेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल खत्रीले जानकारी दिए। 

सङ्कलित राजश्व गत आवको साउनदेखि असोजसम्मको तुलनामा ४२ प्रतिशतभन्दा बढी हो। आव २०७४र७५ को साउनदेखि असोजसम्ममा ३० अर्ब ५६ करोड ३३ लाख  राजश्व सङ्कलन भएको थियो।

देशको प्रमुख भन्सार नाका भएर आयात निर्यातमा वृद्धि भएसँगै राजश्व सङ्कलनमा सुधार आएको खत्रीको भनाइ छ। चालू आवको असोजमा मात्र लक्ष्यभन्दा ३८ प्रतिशत बढी राजश्व सङ्कलन भएको छ। कार्यालयले असोजका लागि १२ अर्ब एक करोड २४ लाख लक्ष्य पाएकामा १६ अर्ब ५४ करोड ६७ लाख राजश्व सङ्कलन गरेको छ । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]