November 2nd, 2018

मञ्जुश्री फाईनान्स पनि कनेक्ट आईपिएसमा आवद्ध

बैंकिङ खबर । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आईपिएस ईपेमेन्ट प्रणालीमा मञ्जुश्री फाईनान्स पनि आवद्ध भएको छ । फाइनान्सका ग्राहकहरुले यस प्रणाली मार्फत आफ्नो बैंक खाताबाट अनलाईन मार्फत प्रति कारोबार रु. १ लाख सम्मको भुक्तानी गर्न सक्नेछन् भने मोबाईल एप्स मार्फत प्रति कारोबार रु. ५ हजार सम्मको भुक्तानी गर्न सक्नेछन् ।

यस प्रणाली मार्फत बैंकका ग्राहकहरुले www.connectips.com मा गई आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु भुक्तानी गर्न सक्नेछन् । हाल उक्त प्रणाली मार्फत नेपाल सरकारको राजश्व भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटको फण्ड लोड, सेयर ब्रोकरको भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ । यस्ता सबै कारोबारहरु अनलाईन मार्पmतसिधै बैंक खाताबाट हुने हुँदा कारोबार सहज हुन्छ ।

यस प्रणालीमा हालसम्म ४४ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकामा हाल सम्म३३ वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]