October 10th, 2018

धमाधम थपिँदै ‘लघुवित्त वित्तीय संस्था’

बैंकिङ खबर । नेपालको बैंकिङ प्रणालीमा विकास बैंक र फाइनान्स कम्पनीहरुको संख्या द्रुततर गतिमा घटिरहेको छ भने लघुवित्त संस्थाहरु बढिरहेका छन् । लाइसेन्सका लागि नयाँ आवेदन लिन बन्द गरेको नेपाल राष्ट्र बैंकले आवेदन दिइसकेका लघुवित्तहरुलाई भने धमाधम लाइसेन्स वितरण गरिरहेको छ । 

यसै क्रममा लघुवित्त कम्पनीहरुमा अर्को नयाँ लघुवित्त वित्तीय संस्था थपिएको छ । नेपाल राष्ट्र बैंकले महिला लघुवित्त वित्तीय संस्थालाई वित्तीय कारोबार गर्ने अनुमति दिएको छ । असोज २२ गते नेपाल राष्ट्र बैंकबाट घ वर्गको राष्ट्रिय स्तरको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडलाई वित्तीय कारोबार गर्न इजाजतपत्र दिएकोे हो । बनेपा नगरपालिका १३, साँगा काभेपलाञ्चोकलाई राष्ट्रियस्तर कार्य क्षेत्र भएको घ वर्गको महिला वित्तीय संस्थाको रुपमा बैंक तथा वित्तीय सम्बन्धी ऐन २०७३ को दफा ४९ को उपदफा ४ तथा यस बैंकबाट जारी निर्देशन एंव शर्तहरुको अधीनमा रहि वित्तीय कारोबर संचालन गर्न सोहि ऐनको दफा ३४ ले दिएको अधिकार प्रयोग गरी इजाजतपत्र प्रदान गरिएको छ । नेपाल सरकार उद्योग मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी ऐन २०६३ बमोजिम २०७५ जेठ २४ मा पब्लिक लिमिटेड कम्पनीको रुपमा द.नं. १९११३०।७४।०७५ बाट दर्ता भएको छ ।

हाल राष्ट्र बैंकबाट लाईसेन्स लिएका ६७ वटा लछुवित्त वित्तीय संस्थाहरुले गाउँ गाउँमा आफ्नो सेवा विस्तार गर्दै आएका छन् । यसबाहेक, २३ वटा गैरसरकारी संस्थाहरु लघुवित्तले जस्तै कारोबार गर्दै आएका छन् । यस्ता गैरसरकारी संस्थाहरुलाई ‘घ’ वर्गको इजाजत दिएर ग्रामीण भेगमा सेवा विस्तार गर्न नेपाल राष्ट्र बैंककले लाईसेन्स दिने व्यवस्था गरेको छ । यस हिसाबले आगामी १ वर्षभित्रमा लघुवित्तहरुको संख्या ११५/११६ को हाराहारीमा पुग्ने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]