October 9th, 2018

थरमारे बजारमा ‘अमृता दिदिको पसल’ : लघुवित्तको साथले यसरी फस्टायो

बैंकिङ खबर । सल्यान जिल्लाको सदरमुकामदेखि लगभग ४० किलोमिटर अगाडी रुकुम जाने बाटोमा थारमारे बजार पर्छ । सानो बजार भएपनि आधा भाग सल्यानको मानिसहरु आवत जावत गर्ने बिन्दु हुँदा पनि सानो र प्राकृतिक रुपमा सुन्दर ठाउँमा छ थारमारे । यहि बजारमा अमृता तरकारी तथा फलफुल पसल भनेर चिनिन्छ अमृता दिदीको पसल । 

२०७३।०६।२० गते नेपाल एग्रो माइक्रोफाईनान्स वित्तीय संस्था लिमिटेडको केन्द्र न.००७ कि सदस्य बनिन् अमृता दिदि । त्यति बेला ठेलामा फलफुल राखेर सडक छेउको बस काउन्टर निर फलफुल बेच्ने गर्थिन् । त्यतिबेला ठेलामा पसल फलफुल बेच्ने दिदि भनेर सबैले उनलाई चिन्दथे । २०७५।६।३० गते नेपाल एग्रो माइक्रोफाईनान्स वित्तीय संस्थाबाट ७० हजार ऋण निकालेर फलफुल पसलमा थप सामान राखेपछि उनको व्यवसायले अर्कै मोड लियो । लगानी सानो भएनी उनलाई धेरै सहयोग पुग्यो । 

उनको घर गाउँमा पर्छ । गाउँबाट आउँदा रित्तो हात आएकी अमृता दिदीले निकै संघर्ष गरेर  फलफुल पसल राम्रै चलाईरहेकी थिइन् । श्रीमानले एउटा संस्थामा काम गर्थे । थोरै तलब अनि धेरै काम गर्नुपर्ने ठानेर अमृताले श्रीमानलाई कामबाट छुटाइन् । त्यसपछि दुबै मिलेर पसल सम्हाल्न थाले । केहि समयपछि नगरपालिकाले बजार छेउ छाउमा भएका अनि सडक किनारमा भएका ठेला अनि पसलहरु हटाउने गरि नियम लागु भएपछि अमृतालाई धर्म संकट पर्यो । आजसम्म राम्रैसँग चलिरहेको पसल हटाएपछि के गर्ने, कता जाने, अरु ठाउमा पसल लागेपछि चल्छ चल्दैन भन्ने कुराले निकै पिर पर्न थाल्यो । अन्ततः नगरले कडाईका साथ नियम लागु गराएपछि एक दुई दिन कहिले यता कहिले उता गर्दै सामान बेच्न थालिन् ।

ठुलो पसल गर्न लगानी थिएन उनीसँग । फेरि जहाँ पायो त्यही पसल राखेर नचलेपछि झनै समस्या पर्ने डर थियो उनलाई । अन्ततः उनले बजार छेउको एउटा स्तर भाडामा लिएर गोदामसहितको फलफुल पसल खोलिन् । उनले त्यो बखत नेपाल एग्रो माइक्रोफाईनान्स वित्तीय संस्थाबाट ९० हजार ऋण निकालिन् । सो ऋणले फलफुल, फ्रिज लगायतका सामान जोडिन् । 

अहिले उनको पसलको नाम पनि छ, अमृता तरकारी तथा फलफुल पसल । थारमारे बजारमा तरकारी तथा फलफुलको लागि १ नम्बरमै पर्छ उनको पसल । अहिले एक जना काम गर्ने मान्छे पनि राखेकी छिन् । बजारमै घर घडेरी पनि जोडेकी अमृताले लघुवित्त वित्तीय संस्था अनि आफ्नो मिहेनतले यहाँसम्म पुगेको अनुभव सुनाईन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]