September 27th, 2018

कामना सेवा विकास बैंक पनि कनेक्ट आईपिएसमा आवद्ध

बैंकिङ खबर । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आईपिएस ईपेमेन्ट प्रणालीमा कामना सेवा विकास बैंकलाई आवद्ध गराएको छ । बैंकका ग्राहकहरुले यस प्रणाली मार्फत आफ्नो बैंक खाताबाट प्रति कारोबार रु. १ लाखसम्मको अनलाईन भुक्तानीहरु गर्न सक्नेछन् ।

यस प्रणाली मार्फत बैंकका ग्राहकहरुले www.connectips.com मा गई आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने अनलाईन भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी लगायतका कारोबारहरु गर्न सक्ने छन् । यस्ता सबै कारोबारहरु अनलाईन मार्पmत सिधै बैंक खाताबाट हुने हुदाँ कारोबार सहज हुन्छ । 

हाल उक्त प्रणाली मार्फत नेपाल सरकारको कर राजश्व भुक्तानी र रकम ट्रान्सफर गर्न सकिने व्यवस्था रहेका छन् । अब ग्राहकहरुले (www.rajaswa.fcgo.gov.np, www.revenue.fco.gov.np, www.ird.gov.np) मा गई नेपाल सरकारको राजस्व भुक्तानी गर्न सक्छन् । यसका साथै उक्त मार्फत छिटै अन्य सेवाहरु समेत थप गर्न सकिने गरि काम भइरहेको जानकारी कम्पनीले गराएको छ ।

यस प्रणालीमा हालसम्म ४१ बैंक तथावित्तीय संस्थाहरुले सम्झौता गरी सकेकामा हालसम्म ३०वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]