September 25th, 2018

बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु

बैंकिङ खबर । वित्तीय सुदृढिकरण विपत्त जोखिम वित्तीय व्यवस्थापन र बीमा’ भन्ने नाराका साथ नेपालमा बीमा सम्बन्धी २१औँ अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । मंगलबार सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बीमामा आकर्षण बढाउनका लागि बीमा गर्ने र दाबी भुक्तानी गर्ने प्रक्रियालाई सरलीकृत गर्नुपर्ने बताए । 

एउटा क्षेत्रमा मात्र व्यवसाय केन्द्रीत हुँदा बढी जोखिम हुने भएकाले बीमा व्यवसायको विविधिकरण गर्न आग्रह गरे । अहिले नेपालमा निर्जिवन बीमा कम्पनीको ५० प्रतिशत व्यवसाय मोटर बीमामा केन्द्रीत रहेको उल्लेख गर्दै उनले उद्योग, घर, हाउजिङ, कृषिलगायतका क्षेत्रमा समेत व्यवसाय विस्तार गर्नुपर्ने औँल्याए । 

बीमा समिति र नेपाल बिमक संघको संयुक्त आयोजनामा विकासशील राष्ट्रहरुको बीमा कम्पनी र पुर्नबीमा कम्पनीहरुको संगठन (एआइआरडिसी) को उक्त सम्मेलनमा संगठनका अध्यक्ष यासिर अल्वाहर्नले विकासकोन्मुख देशहरुमा बीमा नियामक र कम्पनीहरुको समान समस्या रहेको उल्लेख गरे । विकासोन्मुख देशमा मानवसिर्जित तथा प्राकृतिक विपत्ती पछिको जोखिम उत्तिकै रहेको र विपत्ती पछिको क्षतिमा बीमाको जोखिमलाई न्यूनिकरण गर्ने विषयमा एक अर्काको अनुभव प्रभावकारी हुने विश्वास उनले व्यक्त गरे ।

सम्मेलनको पहिलो सत्रमा ‘विपत्त जोखिम र वित्तीय व्यवस्थापन’ बिषयमा छलफल भएको थियो भने दोस्रो सत्रमा ‘जोखिम व्यवस्थापनमा स्वेदशी पुर्नबीमाको भूमिका’ बिषयमा छलफल भएको थियो ।

१८ वर्षपछि नेपालमा भएको यो सम्मेलन बुधबारसम्म चल्नेछ । सम्मेलनमा बीमा क्षेत्रको नियामक निकायका प्रतिनिधि, विदेशी बीमा विज्ञ, बीमाक्षेत्रसँग सम्बन्धित सरोकारवालाहरु सहभागी छन् । सम्मेलनमा विदेशी मुलुकबाट करिब २ सय तथा स्वेदेशी गरी पाँच सय बढीको सहभागीता रहेको बीमा समितिले जनाएको छ । सम्मेलनमा विकासोन्मुख २० देशबाट १५० भन्दा बढि प्रतिनिधिहरु सहभागी भएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]