September 18th, 2018

नेपाल बैंक र प्राईम लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

बैंकिङ खबर । नेपाल बैंक लिमिटेड्ले आफ्ना ग्राहकको आर्थिक भविष्य सुनिश्चित गर्न थप वित्तीय सेवा प्रदान गर्ने  क्रममा जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा उपलव्ध गराउने भएको छ । सम्झौतापत्रमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र प्राईम लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले बैंकको प्रधान कार्यालयमा आयोजित एक संक्षिप्त समारोहका वीच हस्ताक्षर गरे ।

प्राईम लाइफ इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा उपलव्ध गराईने जीवन बीमा सेवा सम्वन्धी यस सम्झौता अनुसार नेपाल बैंक लिमिटेडका ग्राहकले यस बैंकका देशभरका १४२ वटै शाखाबाट प्राईम लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गर्ने, बीमा प्रिमियम भुक्तानी गर्ने, बीमा दावी भुक्तानी प्राप्त गर्ने लगायतका सेवाहरु सहजै प्राप्त गर्न सक्नेछन् । 

वि.सं. १९९४ मा नेपालको पहिलो बैंकको रुपमा स्थापित नेपाल सरकारको ५१ प्रतिशत र  सर्वसाधारणको ४९ प्रतिशत शेयर रहेको नेपाल बैंक लिमिटेड विगत ८ दशक यता एक परिपक्व गतिशील वित्तीय संस्थाको रुपमा देशको वित्तीय सेवामा संलग्न छ । ०७५  असारसम्म रु ९९ अर्ब ८३ करोड निक्षेप संकलन गरि रु ७९ अर्ब ६३ करोड् कर्जा प्रवाह गरेको यस बैंकले मुलुकका हिमाल पहाड तराई ५६ जिल्लामा फैलिई १४२ शाखा ११ एक्सटेन्सन काउन्टर र ७१ वटा एटिएम आउटलेट मार्फत १४ लाख बढी ग्राहकलाई प्रत्यक्ष बैकिंग सेवा पुर्याईरहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]