September 14th, 2018

छिमेक लघुवित्तले ४० प्रतिशत लाभांश दिने

बैंकिङ खबर । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ४० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । संस्थाको बिहीबार साँझ बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ४० प्रतिशत लाभांस दिने प्रस्ताव गरेको हो ।  जसमा १८ प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनलाई पनि हुने गरी २२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । 

लाभांश नेपाल राष्ट्र बैक र संस्थाको वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् । गत वर्ष संस्थाले ४५ प्रतिशत लाभांश दिएको थियो । 

संस्थाको हाल चुक्ता पूँजी एक अर्ब पुगेको छ । बोनसपछि संस्थाको चुक्ता पूँजी एक अर्ब १८ करोड रुपैयाँ पुग्ने छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]