September 13th, 2018

सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार पौने अर्ब नजिक

बैंकिङ खबर । साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । निर्जिवन बीमा, जीवन बीमा र लघुवित्तबाहेक सबै उपसूचक हरियो भएपछि नेप्से परिसूचक १४.१३ अंकको वृद्धिसँगै १२४४.८४ अंकमा पुगेको छ । 

कारोबार रकम पनि उल्लेख्य रुपमा बढेको छ । दिनभरिमा १७३ वटा कम्पनीको २७ लाख ११ हजार एक सय १० कित्ता सेयर सात हजार चार सय ३६ पटक खरिदविक्री हुँदा ७२ करोड ९८ लाख पाँच हजार पाँच सय ४६ रुपैयाँको कारोबार भएको छ ।

एनएमबि बैंक र एनआईसी एशिया बैंकको पाँच करोड, प्रभु बैंकको तीन करोड तथा प्राइम बैंक, जनता बैंक मेगा बैंक, एनसीसी बैंक, माछापूच्छ्रे बैंक, कुमारी बैंक, एनबि बैंक लगायतको दुई करोडमाथिको सेयर कारोबार भएको छ ।

नेपाल सेवा लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ९.७७ प्रतिशतका दरले कमाएका छन् । तिनाउ विकास बैंक, मेगा बैंक र सेञ्चुरी बैंकका सेयरधनीले छ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । एनसीसी बैंकका सेयरधनीले पाँच प्रतिशतले कमाएका छन् । प्रभु बैंक, सिभिल लघुवित्त, पूर्णिमा विकास बैंक, कन्काई विकास बैंक, माछापूच्छ्रे बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, भार्गव विकास बैंकका सेयरधनीले ४.५४ प्रतिशतले गुमाएका छन् । लक्ष्मी लघुवित्त, हिमालयन पावर पार्टनर, युनाइटेड मोदी हाइड्रो, सिनर्जी पावर, हिमालयन डिस्टीलरी, कामना सेवा विकास बैंक, मिर्मिरे लघुवित्त, रिडी हाइड्रो, नेशनल हाइड्रो लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]