September 13th, 2018

मुक्तिनाथ विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकद्धारा लाभांश प्रस्ताव

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको कमाईबाट लाभांस घोषणा गरेका छन् । 

मुक्तिनाथले १८.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९६ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ । हाल मुक्तिनाथको चुक्ता पुँजी दुई अर्ब ५९ करोड रुपैयाँ रहेको छ । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी तीन अर्ब ६ करोड रुपैयाँ पुग्नेछ । 

सप्तकोशी डेभलपमेन्ट बैंकले तीन प्रतिशत बोनस सेयरका साथमा कर प्रयोजनका लागि समेत हुने गरेर ५.०३ प्रतिशत नगद लाभांस दिने भएको छ । बैंकको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ । यो बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ५२ करोड रुपैयाँ पुग्नेछ । 

दुबै बैंकको संचालक समितिद्धारा प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आआफ्नो साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]