August 31st, 2018

१८ बुँदे घोषणापत्र जारी गर्दै सकियो चौथो बिम्सटेक सम्मेलन

बैंकिङ खबर । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्सटेक) को चौथो शिखर सम्मेलन सम्पन्न भएको छ । बिहीवारबाट काठमाडौंमा सुरु भएको सम्मेलन शुक्रवार काठमाडौं १८ बुँदे घोषणपत्र जारी गर्दै सकिएको हो ।

बिम्सटेक समापन समारोहमा बिमस्टेकका सदस्य देशहरूबीच उर्जा आदान प्रदानका लागि विद्युत लाइन प्रसारणको अन्तरदेशीय मार्गको (बिमस्टेक ग्रीड इन्टरकनेक्सन) सहमति समेत भएको छ ।

सम्मेलनका क्रममा बिम्सटेकको अध्यक्ष राष्ट्रको सरकार प्रमुखका हैसियतले प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्सटेकको आगामी अध्यक्षको रुपमा श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनालाई पद हस्तान्तरण गरेका छन् । नेपालले सन् २०१४ देखि बिम्सटेकको अध्यक्षता गर्दै आएको थियो । बिम्सटेकको पहिलो सम्मेलन सन् २००४ मा थाइल्याण्ड, २००८ मा भारत र सन् २०१४ मा म्यान्मारले आयोजना गरेको थियो । 

प्रधानमन्त्री ओलीले सम्मेलन बिम्सटेकलाई चलायमान, प्रभावकारी र परिणाममुखि क्षेत्रीय संगठन निर्माण गर्न सफल भएका बताए । सम्मेलनमा गरिएको निर्णय र सहमतिहरु पूर्ण रुपमा कार्यान्वयनमा आए जनताले लाभ लिने उनले उल्लेख गरे ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]