August 27th, 2018

बिम्सटेक के हो ? यसको उद्देश्य के हो ?

बैंकिङ खबर । बिम्सटेकको पूरा रुप बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास हो । यसमा नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्यान्ड गरी सात सदस्य रहेका छन् । विम्सटेकको स्थापना ६ जुन, १९९७ मा भएको थियो । यसको मूख्य कार्यालय बंगलादेशको राजधानी ढाकामा रहेको छ । 

सदस्य राष्ट्र हरुको बीचमा प्राविधिक एवम् आर्थिक सहायता आदानप्रदान गर्ने उद्देश्यले स्थापित बिम्सटेकका सदस्य राष्ट्रहरुबीच विशेषगरी व्यापार, प्रविधि, उर्जा, पर्यटन, परिवहन र माछा उद्योगसँग सम्बन्धीत सहयोग आदानप्रदान हुने गरेको थियो । सन् २००८ मा यस सहयोग क्षेत्रमा कृषि, जनस्वास्थ्य, गरिबी उन्मुलन, अतंकवादको सामना, पर्यावरण, संस्कृति, जलवायु परिवर्तन र सम्पर्क विस्तार गरी आठ वटा विषय थप गरिएको छ । 

विगत चार वर्षदेखि विम्सटेकको अध्यक्षता नेपालले गर्दै आएको छ । नेपालले विम्सटेकमा गरिबी निवारणसम्बनी विषय हेर्ने गर्दछ । अध्यक्ष मुलुकले सम्मेलन आयोजना गर्ने नीतिअनुरुप यसपटकको विम्सटेक सम्मेलन नेपालमा हुँदैछ । नेपालमा हुन लागेको यो सम्मेलन बिम्सटेकको चौथो सम्मेलन हो । बिम्सटेकको पहिलो सम्मेलन थाइल्यान्डमा सन् २००४ मा भएको थियो । दोस्रो भारतमा सन् २००८ मा भएको थियो । तेस्रो शिखर सम्मेलन ४ वर्षपछि सन् २०१४ मा म्यानमारमा भएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]