August 16th, 2018

कनेक्ट आईपिएसमा थपिए तीन बैंक 

बैंकिङ खबर । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आईपिएस ईपेमेन्ट प्रणालीमा तीन वटा बैंकहरु थपिएका छ ।  हालसम्म २६ वटा बैंक तथा वित्तीय संस्थाहरु यस प्रणालीमा आवद्ध रहेकोमा विहीबारदेखि लागू हुने गरी सिभिल बैंक, सेञ्चुरी कमर्सियल बैंक र एक्सेल डेभलपमेन्ट बैंक थपिएका हुन् । 

बैंकका ग्राहकहरुले यस प्रणालीमार्फत आफ्नो बैंक खाताबाट प्रति कारोबार रु. १ लाख सम्मको अनलाईन भुक्तानीहरु गर्न सक्नेछन् । यसका लागि बैंकका ग्राहकहरुले www.connectips.com मा गई आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराउनुपर्नेछ । यस प्रणालीमा अनलाईन भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी लगायतका कारोबारहरु उपलब्ध छन् । 

सबै कारोबारहरु अनलाईन मार्पmत सिधै बैंक खाताबाट हुने हुँदा कारोबार सहज हुन्छ । हाल उक्त प्रणालीमार्फत नेपाल सरकारको कर राजश्व भुक्तानी र रकम ट्रान्सफर गर्न सकिने व्यवस्था रहेको छ । छिटै अन्य सेवाहरु समेत थप गर्न सकिने गरि काम भइरहेको कम्पनीले जानकारी गराएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]