August 15th, 2018

नेपाल लाइफ इन्स्योरेन्सले आर्जन गर्यो झन्डै ४८ करोड मुनाफा

बैंकिङ खबर । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा ४७ करोड ९२ लाख ५७ हजार आठ सय ३० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो बीमाङ्कीय मूल्याङ्कन तथा लेखापरीक्षण नगरिएको वित्तीय विवरण हो । अघिल्लो वर्ष लेखापरिक्षण हुनु भन्दा अघिको नाफा ४१ करोड रुपैयाँ थियो भने लेखापरीक्षण पस्चात एक अर्ब रुपैयाँ पुगेको थियो ।

चार अर्ब ३९ करोड ६९ लाख रुपैयाँ चुक्तापुँजी भएको कम्पनीको जगेडाकोषमा तीन अर्ब ४७ करोड ५७ लाख रुपैयाँ रहेको छ भने जीवन बीमा कोषमा ५० अर्ब ४९ करोड २२ लाख रुपैयाँ रहेको छ । यो अवधिमा कम्पनीले १६ अर्ब एक करोड ७३ लाख २० हजार रुपैयाँ बीमा शूल्क (खुद) आर्जन गरेको छ भने दावी भुक्तानी (खुद) पाँच अर्ब ४३ करोड ५९ लाख ५८ हजार रुपैयाँ गरेको छ । 

गत आर्थिक वर्षमा कम्पनीले एक करोड ६१ लाख ७८ हजार रुपैयाँ बीमा शूल्क आर्जन गरेको छ । कम्पनीले ११ लाख ५२ हजार आठ सय ६० वटा बीमा लेख जारी गरेको छ । कम्पनीले ६२ लाख १९ हजार एक सय ६१ रुपैयाँ बराबरको ३८ हजार चार सय ९९ वटा बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको भुक्तानी हुन बाँकी दाबी रकम १५ लाख ५९ हजार नौ सय ४४ रुपैयाँ रहेको छ । 

कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ९० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ५४ पैसा रहेको छ । त्यस्तै, कम्पनीको पिई अनुपात ९६.३३, प्रतिसेयर कुल सम्पत्तिको मूल्य एक हजार तीन सय ३६ रुपैयाँ र औसत प्रतिफल दर १०.८३ प्रतिशत रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]