August 15th, 2018

छिमेक लघुवित्तको अध्यक्षमा विश्वमित्र श्रेष्ठ चयन

बैंकिङ खबर । छिमेक लघुवित्त वित्तीय संस्थाको संचालक समितिको अध्यक्षमा विश्वमित्र श्रेष्ठ चयन भएका छन् । लघुवित्तको साउन २८ गते बसेको संचालक समितिको २१०औँ बैठकले संचालक एवं अध्यक्ष भुवनेश्वरी पन्तको राजीनामा स्वीकृत गर्दै रिक्त अध्यक्ष पदमा श्रेष्ठलाई चयन गरेको हो । उनी मंगलबार (साउन २९ गते)देखि लागू हुने गरी अध्यक्ष चयन भएका हुन् । 

पन्तको राजीनामापछि रिक्त रहन गएको संचालक पदमा भने संस्थापक सेयरधनीका तर्फबाट रेणु कार्कीलाई नियुक्त गरिएको छ । उनी पन्तको बाँकी कार्यकालका लागि संचालकमा नियुक्त भएकी हुन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]