August 14th, 2018

बैंकिङ फिसिङ कसरी हुन्छ ? जोगिने उपाय के के ?

बैंकिङ खबर । तपाईको इमेलमा कहिलेकाँही विभिन्न प्रलोभनसहित लिंकहरु पठाइएको हुनसक्छ । त्यहाँ तपाईले कुनै बम्पर पुरस्कार पाउनुहुने भएको, लक्की ड्रमा नाम परेको वा कुनै देशको भिसा लागेको भनि इमेलसहित लिंक पठाइएको हुन्छ । कहिलेकाँही तपाईलाई अज्ञात नम्बरबाट मेसेज पनि आउन सक्छ । त्यो मेसेजमा पनि तपाईलाई कुनै प्रलोभन देखाएर तपाईको बैंक तथा क्रेडिट कार्डसम्बन्धी जानकारी लिने प्रयास गरिन्छ । कहिले काहीँ नयाँ अज्ञात नम्बरबाट कल पनि आउन सक्छ । जसको उद्देश्य पूरा भयो भने तपाई ठगिनुहुनेछ । यस्ता ठगीका कामलाई फिशिंग भनिन्छ । 

बैंकिङ फिसिङबाट बच्ने तरिका
फिशिंगमा तपाईलाई इमेल आउँछ, जब तपाईले सो इमेलमा क्लीक गर्नुहुन्छ, त्यसले तपाईलाई अन्य साइटमा लैजान्छ र तपाईको गोप्य जानकारीहरु पत्ता लगाउँछ । तर विशिंग वा आवाजसहितको फिशिंगमा तपाईलाई झुक्याउन उनीहरुले अलि सजिलोजस्तो भएको पाइएको छ । यसमा तपाईलाई कल आउँछ अनि तपाइसंग कुनै बाहाना गरी एटीएम कार्डको नम्बर वा बैंकको पिन माग्छ । कल गर्नेले तपाईलाई बैंककै कुनै अधिकारी वा कर्मचारीले नै कल गरेको हो भन्ने विश्वास दिलाउने प्रयास गर्छ । कहिले काहीँ उसले तपाईसंग क्रेडिट कार्डको पछाडी लेखेको सीवीवी कोड पनि माग्छ । तर ध्यान पुर्याउनुस्, तपाईसंग बैंकको कुनै पनि कर्मचारीले क्रेडिट वा डेबिट कार्डको नम्बर माग्दैन । यदी तपाईसंग यो जानकारी मागियो भने त्यो एउटा आइवीआरएस सिस्टममा हुन्छ जो एउटा कम्युटरको काम हो । सीवीवी नम्बर पनि कहिले आईवीआरएसमा मागिदैन, जबसम्म कुनै अनुसन्धान वा कारबाही गर्नुपर्ने हुँदैन । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]