August 12th, 2018

वल्र्डलिंकले ल्यायो नयाँ अफर : छ महिनाको इन्टरनेटमा छ महिनाको नेट टिभी फ्रि

बैंकिङ खबर । वल्र्डलिंकले आफ्ना ग्राहकहरुका लागि नयाँ नयाँ अफरहरु प्रदान गर्ने निरन्तरता कायम राख्दै अफर जम्बो खर्च कम भो नामक अफरको सुरुवात गरेको छ । जस अन्र्तगत ग्राहकहरुले ६ महिनाको इन्टरनेट खरिद गर्दा ६ महिनाको नेट टिभीका साथ साथै निशुल्क सेटअपबक्स पनि प्राप्त गर्न सक्नेछन् । यस अफर अन्र्तगत २० एमबिपीएस अनलिमिटेड इन्टरनेटको लागी रु. ८४००, ३० एमबिपीएस अनलिमिटेड इन्टरनेटको लागी रु. ९६३० र ५० एमबिपीएस अनलिमिटेड इन्टरनेटको लागि रु. १२१५० अग्रिम रुपमा भुक्तानी गर्नुपर्ने हुनेछ ।
यो अफर भाद्र मसान्तसम्मको लागि मात्र लागू गरिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]