August 8th, 2018

हाम्रो विकास बैंक पनि connectIPS मा आवद्ध

बैंक वित्तीय संस्थाहरुलाई connectIPS e-payment प्रणालीमा आवद्ध गराउँदै लग्ने क्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले बुधबारबाटै कारोबार शुरु गर्ने गरि हाम्रो विकास बैंकलाई उक्त प्रणालीमा आवद्ध गराएको छ ।

नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको यस प्रणाली मार्फत बैंककाग्राहकहरुले www.connectips.com मा गई आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमाउपलब्धहुने सेवाहरु जस्तै अनलाईन भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी लगायतका कारोबार गर्न सक्ने व्यवस्था रहेका छन् । यस्ता सबै कारोबारहरु अनलाईन मार्पmत सिधै बैंक खाताबाट हुने हुदाँ कारोबार सहज हुन्छ । 

हालउक्त प्रणाली मार्फत नेपाल सरकारको कर राजश्व भुक्तानी र रकम ट्रान्सफर गर्न सकिने व्यवस्था रहेको छ । छिटै अन्य सेवाहरु समेत थप गर्न सकिने गरि काम भइरहेको जानकारी कम्पनीले गराएको छ ।

connectIPS e-payment प्रणालीमा हाल सम्म ३२ बैंक तथावित्तीय संस्थाहरुले सम्झौता गरी सकेकोमाहाल सम्म २० वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]