July 24th, 2018

१२ सय अंकनजिक सेयर बजार, कारोबार २९ करोडमाथि

बैंकिङ खबर । मंगलबार सेयर बजार ४.७७ अंकले बढेर ११९९.२७ अंकमा पुगेको छ । उत्पादनमूलक र लघुवित्त समूह क्रमशः १९.७४ र ०.७ अंकले घटेपनि बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जिवन बीमा, अन्य र जीवन बीमा समूह क्रमशः ५.२५, ०.४२, ४९.४२, २.८५, ३.२४, २.५९, १९.८९, २.२६ र २०.६१ अंकले बढेका छन् । 

दिनभरिमा १६० वटा कम्पनीको ११ लाख ८९ हजार छ सय ८९ कित्ता सेयर चार हजार ३३ पटक खरिदविक्री हुँदा २९ करोड ४१ लाख ८२ हजार तीन सय ४८ रुपैयाँको कारोबार भएको छ । नविल बैंक, नेपाल टेलिकम, नेपाल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोडमाथिको कारोबार भएको छ । यसबाहेक धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा सानिमा बैंक, मेगा बैंक, नेपाल इन्स्योरेन्स, सिभिल बैंक, एनएमबि बैंक र प्रभु इन्स्योरेन्स छन् । 

नयाँ नेपाल लघुवित्त, भार्गव विकास बैंक, गोर्खाज फाइनान्स, समिट माइक्रोफाइनान्स, सृजना फाइनान्स र सिद्धार्थ इक्विटी फण्डका सेयरधनीले क्रमशः ९.९९, ९.६०, ७.५५, ५.८७, ५.७७ र ५.३३ प्रतिशतका दरले कमाएका छन् । हाथवे फाइनान्स, सोल्टी होटल, पूर्णिमा विकास बैंक, मञ्जुश्री फाइनान्स लगायतका सेयरधनीले पनि कमाएका  छन् । 

यता, बेष्ट फाइनान्स र प्रोग्रेसिभ फाइनान्सका सेयरधनीले क्रमशः १० र ९.८५ प्रतिशतका दरले गुमाएका छन् । नेशनल हाइड्रो, हिमालयन डिस्टीलरी, नागबेली लघुवित्त, युनाइटेड फाइनान्स, सेन्ट्रल फाइनान्स, लक्ष्मी भ्यालु फण्ड, ङादी ग्रुप पावर, लक्ष्मी बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।   


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]