कृषि विकास बैंक लि. र सिडिएस एण्ड क्लियरिङ्ग लि. बिच कृषि विकास बैंक लि.का शाखाहरुमा कुनै पनि कम्पनीका सेयरधनीहरुका लागि हितग्राही (डिम्याट) खाता खोल्न सक्ने स्वीकृती सहितको सम्झौता भएको छ । सम्भौतामा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला र सिडिएस एण्ड क्लियरिङ्ग लि. पुतलीसडकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ताले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौताबाट कृषि विकास बैंक लि.का करिब २ लाख ५० हजार सेयरधनीहरु लगायत अन्य कम्पनीका सेयरधनीहरुले समेत कृषि विकास बैंक लि.मा हितग्राही खाता खोली सेवाको उपभोग गर्न सक्ने भएका छन् । यसबाट ग्रामिण क्षेत्र समेत पुँजी बजारमा प्रत्यक्ष सहभागी भई राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ । सम्झौता पश्चात् कृषि विकास बैंक लि.का शाखाहरुमा हितग्राही (डिम्याट) खाता खोल्न सक्ने भएबाट धेरै भन्दा धेरै सेयरधनीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।
उक्त अवसरमा कृषि विकास बैंक लि.का उप–महाप्रबन्धकहरु पूर्ण प्रसाद आचार्य, प्रताप सुवेदी, अरुण कुमार ढुगांना, ई बैकिङ्ग विभागका विभागीय प्रमुख बासु अधिकारी, बजार तथा शाखा संचालन विभागका विभागीय प्रमुखसुदिप दाहाल, ट्रेजरी विभागका विभागीय प्रमुख कृष्ण नकर्मी, सूचना प्रविधि विभागका शाखा प्रमुख उद्धव के.सी., ई बैकिङ्ग विभागका शाखा प्रमुखसरोज कुमार शाह, बैंकका प्रबक्ता हिमलाल पौडेल र सामान्य सेवा विभागका शा.अ. तारा न्यौपाने समेतको उपस्थिती थियो । साथै सिडिएस एण्ड क्लियरिङ्ग लि.का कञ्चन सापकोटाको समेत उपस्थिती थियो ।