July 23rd, 2018

नेपाल बैंकले कमायो तीन अर्ब ३९ करोड मुनाफा

बैंकिङ खबर । नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०७४।७५मा तीन अर्ब ३९ करोड ९७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा नौ दशमलव ०३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा नेपाल बैंकले तीन अर्ब ११ करोड ७८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

एफपीओ विक्री गरिरहेको बैंकको चुक्तापुँजी एफपीओपछि नौ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्नेछ । बैंकको जगेडा कोषमा छ अर्ब ८० करोड ३७ लाख रुपैयाँ रहेको छ । बैंकले निक्षेपमा ९९ अर्ब ८३ करोड १३ लाख रुपैयाँ संकलन गरी कर्जामा ७९ अर्ब ६३ करोड २४ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी नौ दशमलव ७७ प्रतिशतले बढेर छ अर्ब ३६ करोड ५९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४२ दशमलव २३ प्रतिशतले बढेर चार अर्ब २१ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।

बैंकको निस्क्रिय कर्जा दुई दशमलब ९० प्रतिशत रहेको छ भने पूँजीकोष अनुपात १७ दशमलब ६० प्रतिशत रहेको छ । बैंंकको प्रतिसेयर आम्दानी ४२ दशमलव २७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात छ दशमलव ६५ गुणा, प्रतिशेयर नेटवर्थ एक सय ८४ दशमलव ६० रुपैयाँ र तरलता अनुपात २४ दशमलव ६५ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]