July 23rd, 2018

अनलाइन कारोबार प्रणालीमा सबै सेयर ब्रोकर आवद्ध, युजरनेम र पासवर्ड वितरण सुरु 

बैंकिङ खबर । नेपाल स्टक एक्सचेञ्ज लिमिटेले साउन १ गतेदेखि परीक्षण सुरु गरेको अनलाइन कारोबार प्रणालीमा ५० वटै सेयर दलाल व्यवसायी आबद्ध भएका छन् । ब्रोकरहरुले अनलाईनका लागि आवश्यक पूर्वाधार तयार गरेकाले सोमबारदेखि लगानीकर्तालाई यूजर नेम र पासवर्ड वितरण गर्ने भएका छन् । लगानीकर्ताले आफूले सेयर कारोबार गरिरहेको ब्रोकर कार्यालय मार्फत यूजर नेम र पासवर्ड लिन सक्नेछन् । 

लगानीकर्ताले युजरनेम र पासवर्ड लिनुअघि आफ्नो ग्राहक परिचय विवरण (केवाईसी फारम) अध्यावधिक गर्नुपर्ने हुन्छ । केवाईसी अध्यावधिक गराउँदा खासगरी इमेल आईडी र मोबाइल नम्बर अनिवार्य चाहिने छ ।

तत्कालका लागि लगानीकर्ताले अनलाइनमार्फत आफ्नो कारोबार तथा म्याचिङ्ग हेर्न सक्नेछन् । आफ्नो अर्डर आफैँले दिन भने युजर एसेप्टेन्स टेष्ट (युएटी) पछि मात्रै पाउने नेप्सेले जनाएको छ । 

अनलाईन कारोबार प्रणालीमा समावेश सबै प्रणालीको चेकजाँचका लागि हाललाई परीक्षण कारोबार मात्र थालिएको र परीक्षणको क्रममा आएका सल्लाह सुझाव अनुसार यो प्रणालीमा सुधार समेत गरिँदै लगिने नेप्सेले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]