July 23rd, 2018

सानिमा बैंकको बचत खातामा महिला ग्राहकहरुलाई बिषेश उपहार

सानिमा बैंकले श्रावण महिनाको हरेक सोमबार बचत खाता खोल्ने महिला ग्राहकहरुलाई बिषेश उपहार दिने योजना ल्याएको छ । यो योजना अन्र्तगत सानिमा बैंकको मुख्य कार्यालय नक्साल लगायत देशै भरीका ७३ शाखाहरुबाट महिला ग्राहकहरुलाई बिषेश उपहार प्रदान गरिने छ ।

यो योजना श्रावण,२०७५ महिना भरी चल्ने छ । साथै बैंकले निम्न आर्थिक अवस्था भएका महिलाहरुलाई उपचारका लागि प्रति व्यक्ति रु. २० हजार नबढ्ने गरि सहयोग गर्दै आएको छ । यसका लागि बैंकले पाटन अस्पतालसँग सहकार्य गरी आर्थिक सहयोग उपलब्ध गराइँदै आएको छ ।

बैंकले ग्राहकहरुलाई बचत खातामा बार्षिक ७ प्रतिशत सम्मको उच्चतम ब्याज उपलब्ध गराउँदै आएको छ । ग्राहकहरुको साथलाई ध्यानमा राखेर बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । 

साथै,सामाजिक उत्तरदायित्व अन्र्तगत सानिमा बैंकले शैक्षिक छात्रवृत्ति, रक्तदान तथा अन्य विभिन्न कार्यक्रमहरु पनि गर्दै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]