July 23rd, 2018

डिजिटल कारोबारको नयाँ निर्देशनमा के के छ ? हेर्नुस् मुख्य बुँदाहरु

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारमा गरेको सिमा हेरफेरले वित्तीय क्षेत्रमा सकारात्मक प्रभाव पर्ने देखिएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट नेपाली मुद्रामा भुक्तानी हुने गरी जारी गरिएका क्रेडिट कार्ड, प्रिपेड कार्ड र मोबाइल बैंकिङ तथा इन्टरनेट बैकिंङ्ग सेवा लगायत विभिन्न विद्युतीय माध्यमबाट गरिने कारोबारमा नयाँ व्यवस्था लागु गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाका नाममा निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । 

के के छन् नयाँ व्यबस्थामा ? 
सेयर बजारमा अनलाइन कारोबार सुरु भएको छ । जस अनुसार मोबाइल तथा इन्टरनेट बैकिंङ्ग सेवाको सीमा बढाएपछि सेयर बजारका लगानीकर्तालाई सहज हुने देखिएको छ । 

यस अनुसार प्रिपेड कार्ड जारी गर्दा एक पटकमा एक लाख रुपैयाँसम्म जारी गर्न पाइने छ । कार्डबाट बढीमा २५ हजार रुपैयाँ मात्र झिक्न पाइने व्यवस्था रहेको छ । डेबिट कार्डबाट एक पटकमा अधिकतम २५ हजार रुपैयाँ र दिनभरमा एक लाख रुपैयाँ मात्र झिक्न पाइने राष्ट्र बैंकको नयाँ व्यवस्थामा उल्लेख छ । राष्ट्र बैंकका अनुसार क्रेडिट कार्डबाट नगद कारोबार गर्न नपाइने भएपनि ग्राहकलाई अत्यावश्यक भएको अवस्थामा क्रेडिट कार्डको स्वीकृ सीमाको अधिकतम २५ प्रतिशतसम्म मात्रै रकम झिक्न पाइने व्यवस्था गरेको छ ।

क्रेडिट कार्डबाट नगद कारोबार गरी कार्डबाट प्रयोग भएको रकम भुक्तानी गर्ने समय समाप्त नहुँदै कार्डमा भएको रकमको सीमा समाप्त भएको अवस्थामा यस्तो रकम बैंकमा जम्मा गरी समयावधी अगावै २५ प्रतिशत रकम झिक्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यस्तो सीमा पहिले २० प्रतिशत थियो । त्यसैगरी, इन्टरनेटको माध्यमबाट बैंक तथा वित्तीय संस्थाको खातामा ट्रान्सफर गर्दा एक पटकमा अधिकतमा एक लाख रुपैँया र मासिक रुपमा दश लाख रुपैयाँसम्म ट्रान्सफर गर्न पाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ । त्यस्तै,इन्टरनेट बैंकिङ्गकै माध्यमबाट दैनिक एक लाख रुपैयाँ तथा मासिक पाँच लाख रुपैयाँसम्म भूक्तानी गर्न पाइने राष्ट्र बैंकको नयाँ व्यवस्थामा उल्लेख छ । मोबाइल बैंकिङबाट एक पटकमा ५ हजार रुपैयाँ र दिनभरमा १५ हजार रुपैँयासम्म मात्रै भुक्तानी गर्न पाइने राष्ट्र बैंकले जनाएको छ । 

त्यसैगरी, राष्ट्र बैंकको निर्देशन पालना नगर्ने बैंक तथा वित्तिय संस्थाहरुले राष्ट्र बैंक ऐन २०५८ को दफा ९९ र १०० भुक्तानी तथा फछ्र्योट विनियमावली,२०७२ को विनियम ५० बमोजिम बारवाही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]