July 22nd, 2018

नेपाल बैकको शाखा संजाल ५६ जिल्लामा विस्तारित, अब कहाँ पुग्दैछ ? 

मुलुकको अग्रणी बैक नेपाल बैक लिमिटेडले नेपाल सरकारको वित्तिय पहुंच तथा समावेशिता अभिवृध्दि गर्ने नीतिमा सघाउन देशका अति दुर्गमदेखि सुगमसम्मका स्थानमा शाखा विस्तार गर्दै आएको छ । यसै क्रममा बैकले  हालै पाल्हीनन्दन (नवलपरासी पश्चिम) घर्तिगाउँ (रोल्पा), रुकुमकोट (रुकुम), शान्तिपुर (गुल्मी), हरिपुर (सर्लाही), भण्डारा (चितवन) एवम् जोरपाटी, कोटेश्वर र महाराजगन्ज (काठमाडौ) गरी विभिन्न नौ स्थानहरुमा शाखा स्थापना गरि बैकिंग सेवा संचालनमा ल्याएको छ । यो समेत बैकको १३९ शाखा संजाल ५६ जिल्लामा विस्तारित भएको  छ । 

साथै बैकले चालु आर्थिक वर्षमा २८ स्थानमा शाखा खोल्ने लक्ष्य राखेको छ । यस आर्थिक वर्षमा  खोलिने शाखाहरुमा रामनगर र ठुटेपिपल (रुपन्देही), मंगलबारे (इलाम), विलासपुर (कन्चनपुर), भालुवांग (रोल्पा), जौवारी (गोरखा), पाख्रीवास (धनकुटा), दुधौली (सिन्धुली), विराटचोक (मोरङ), वर्दिवास (महोत्तरी), वेदकोट (कन्चनपुर), तुलसीपुर (दाङ), तालचोक (कास्की), धादिङबेसी (धादिङ), सानो पोखरा (मकवानपुर), जगदुल्ला (डोल्पा), सिरीजंघा (ताप्लेजुङ), राजदेवी (रौतहट), सर्लाही, पर्सा र  भवानीपुर (सर्लाही), लुंग्री (रोल्पा), त्रिवेणी (वाजुरा ), वागचौर (सल्यान), छहरा (पाल्पा), काईके (डोल्पा), नार्फु (मनाङ), आरुङखोला (नवलपरासी) र वानेश्वर (काठमाडौं) रहेका छन् । 

नेपाल बैंकले हाल मुलुकका हिमाल पहाड तराईका ५६ जिल्लामा फैलिई १३९ शाखा ११ एक्सटेन्सन काउन्टर र ७१ वटा एटिएम आउटलेट मार्फत १२ लाख ग्राहकलाई प्रत्यक्ष बैंकिङ सेवा पुर्याइरहेको छ । आम नेपालीलाई प्रारम्भिक वित्तीय साक्षरता प्रदानमा अहम् योगदान पुर्याएको यस बैकले हालको परिवर्तित परिवेशमा ग्राहकका चाहना र आवश्यकतालाई सम्वोधन गर्दै मोवाईल बैंकिङ, कार्ड, आस्वा, डिम्याट, आईपिएस, इन्टरनेट बैंकिङ लगायतका आधुनिक बैंकिङ सेवाहरु उपलव्ध गराउँदै आएको छ । 

बैंकले स्मार्ट ब्रान्चको अवधारणा छिटै कार्यान्वयनमा ल्याउँदैछ । प्रथम चरणमा २५ शाखाबाट आरम्भ गरिने स्मार्ट ब्रान्चको लागि हाल कर्मचारीलाई ग्राहक व्यवहार सम्वन्धी प्रशिक्षण र ब्रान्च लेआउटको कार्य तिब्र गतिमा अघि बढिरहेको बैंकले जनाएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]