July 20th, 2018

युनियन हाइड्रोको आईपिओ साउन १४ देखि खुल्दै

बैंकिङ खबर । युनियन हाइड्रोपावर कम्पनी लिमिटेडले साउन १४ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नम्बर ८ देखि १०, वेशिसहर नपाको ५ नम्बर, सुन्रदबजारको ११ नम्बर कास्की जिल्लाको रुपा गाउँपालिका १ तथा सम्पूर्ण प्रभावित क्षेत्रका स्थायी बसोबास गर्ने बासिन्दाको लागि आईपीओ जारी गर्न लागेको हो ।

जारी पुँजी ७५ करोड रुपैयाँ रहेको कम्पनीले १० प्रतिशत सेयर निष्काशन गर्ने क्रममा उद्योग वा आयोजना प्रभावित क्षेत्रका लागि सात करोड ५० लाख रुपैयाँको सेयर जारी गर्न लागेको हो । यसपछि कम्पनीले बाँकी २९ करोड १२ लाख ५५ हजार रुपैयाँको सेयर सर्वसाधारणका लागि निष्काशन गरिनेछ ।

प्रति कित्ता एक सय रुपैयाँका दरको यो आईपिओका लागि न्यूनतम ५० देखि अधिकतम तीन हजार कित्तासम्म आवेदन दिन पाइने छ । आईपिओ निष्काशन छिटोमा साउन २८ र ढिलोाम भदौ १२ सम्म खुला रहने कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेडले जनाएको छ ।

कहाँ दिने आवेदन ?
बैंक तथा वित्तीय संस्थाका निम्न १३ शाखामा उक्त आईपिओका लागि आवेदन दिन पाइनेछ । 

यो हाइड्रोलाई इक्रा नेपालले इक्रा इनपि आइपिओ ग्रेड ५ दिएको छ । यसले कम्पनीको कमजो आधार जनाउने उल्लेख छ । ३ मेवागाट क्षमताको यो आयोजना मिदिम खोला (कपुर) जलविद्युत् अयोजनाको नामले सञ्चालिन छ । यसले गत माग १० देखि नै व्यापारिक उत्पादन गरिहेको छ । यसको कुल लागत ७९ करोड ५० लाख ७७ हजार ७४५ रुपैयाँ रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]