July 18th, 2018

आईक्यानद्धारा सिटिजन्स बैंक पुरस्कृत

द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आईक्यान)ले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई पुरस्कृत गरेको छ । साउन १ गते मंगलबार आयोजित कार्यक्रमका बीच आईक्यानले सिटिजन्स लाई Best Presented Annual Report Award (BPA)2017, Banking Sector(Private & Public Limited) बाट पुरस्कृत गरेको हो ।

यो पुरस्कार आईक्यानले आफ्नो वार्षिकोत्सवको अवसर पारेर हरेक वर्ष सहभागी बैंकको वार्षिक लेखाप्रतिवेदनलाई दिने गरेको छ । संस्थागत सुशाशन, बैंकको उद्देश्य, जोखिम व्यवस्थापन, गन्तव्यको लेखा विवरण तथा लेखा सम्बन्धि टिप्पणी तथा अन्य डिस्क्लोजरको आधारमा मूल्यांकन गरी उत्कृष्ट वार्षिक लेखाप्रतिवेदनलाई यो पुरस्कार दिने गरिएको छ ।

यसअघि पनि बैंकको वार्षिक प्रतिवेदनलाई Best Presented Annual Report 2015 बाट पुरस्कृत गरिएको थियो । South Asian Federation of Accountants ( SAFA) द्वारा बंगलादेशमा आयोजित SAFA Best Presented Annual Reports Awards 2015 समारोहमा बैंकले “SAARC Anniversary Award for Corporate Governance” र “Private Sector Banks (Including Cooperatives)”मा Certificate of Merit प्राप्त गरेको थियो ।  बैंकले आगामी दिनमा पनि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रकाशन गर्ने तथा संस्थागत सुशासनलाई थप पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७८ वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । ग्राहकहरुलाई बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवाका साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]