July 17th, 2018

गिरावटबाट सुरु भयो सेयर बजारको नयाँ आर्थिक वर्ष

बैंकिङ खबर । नयाँ आर्थिक वर्ष सुरुवात सेयर बजारले गिरावटबाट गरेको छ । नेप्से परिसूचक ८.०५ अंकको गिरावटसँगै १२०४.३१ अंकमा कायम भएको छ । व्यापार, फाइनान्स र अन्य समूह क्रमशः २.७९, ३.७३ र ४.५९ प्रतिशतका दरले बढेपनि बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, बीमा, उत्पदनमूलक र लघुवित्त समूह क्रमशः ४.७७, ५३.११, ८.१, ३९.२५, ८७.६७, ३५.६६, १३.३२ र ७४.११ अंकले घटेका छन् । 

दिनभरिमा १५२ वटा कम्पनीको पाँच लाख १४ हजार एक सय ६१ कित्ता सेयर दुई हजार छ सय ६० पटक खरिदविक्री हुँदा २० करोड ६० लाख ८८ हजार एक सय ३१ रुपैयाँको कारोबार भएको छ । नविल बैंकको सबैभन्दा धेरै पाँच करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ । यसबाहेक, धेरै कारोबार गर्ने टप १० कम्पनीको सूचिमा क्रमशः नेपाल लाइफ इन्स्योरेन्स, नेपाल बैंक, नविल बैंक प्रोमोटर, नेपाल इन्भेष्टमेन्ट बैंक, प्राइम लाइफ इन्स्योरेन्स, एनएमबि बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर, नेशनल माइक्रोफाइनान्स र शिखर इन्स्योरेन्स रहेका छन् ।

जम्मा ४५ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । रैराङ हाइड्रोका सेयरधनीले ६.७६ प्रतिशतका दरले कमाएका छन् । कन्काई विकास बैंक, नेपाल हाइड्रो,गुडविल फाइनान्स, ङादी ग्रुप पावर, गोर्खाज फाइनान्स, सिद्धार्थ इक्विटी वरियन्टेड स्कीम, रिलायन्स फाइनान्स, सिभिल लघुवित्त, जेविल्स फाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, बोटलर्स नेपाल, नेपाल इन्स्योरेन्स र गण्डकी विकास बैंकका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । मिथिला लघुवित्त, चिलिमे हाइड्रो, शिखर इन्स्योरेन्स, एनआईबिएल प्रगति फण्ड, हिमालयन डिस्टीलरी, सोल्टी होटल, बुटवल पावर कम्पनी लगायतका सेयरधनीले पनि गुमाएका छन् ।   


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]