July 17th, 2018

धितोपत्र बोर्डको मापदण्ड : ५० हजारभन्दा बढी लगानी गर्ने ठूला लगानीकर्तामा गनिने

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले सूचीकृत सङ्गठित संस्थाहरुको संस्थागत सुशासन सम्वन्धी निर्देशिकालाई संशोधन गरेको छ । निर्देशिकामार्फत बोर्डले साना लगानीकर्ताको मापदण्ड तोकेको छ । बोर्डले चुक्ता पूँजी ५० हजार रुपैयाँ सम्मको लगानी गर्ने लगानीकर्तालाई साना लगानी लगानीकर्ताभित्र राखेको छ । यसअघि अधिकतम ५ लाख रुपैयाँ सम्मको तथा ५ हजार कित्तासम्मको लगानी गर्नेलाई साना लगानीकर्ता हुने व्यवस्था थियो । 

बोर्डले उस्तै प्रकृतिका सूचीकृत संस्थाको संचालक, तलवी पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारी भई कार्य गर्न नहुने व्यवस्था गरेको छ । संचालकले अन्य कुनै पनि संस्थाको तलवी पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारी भएर काम गर्न नहुने भन्ने व्यवस्थालाई संशोधन गरिएको हो ।

त्यस्तै बोर्डले कुनै सूचीकृत संस्थाबाट पारिश्रमिक र अन्य सुविधा प्राप्त हुने गरि पदमा बहाल रहेको व्यक्ति अर्को सूचीकृत संस्थाबाट पारिश्रमिक र अन्य सुविधा पाउने गर्ने नियुक्त हुन नसक्ने व्यवस्था समेत गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]