July 9th, 2018

सूचना लुकाउन माहिर ‘स्टान्डर्ड चार्टर्ड बैंक’

बैंकिङ खबर । स्टान्डर्ड चाटर्ड बैंक नेपाल राष्ट्र बैंककै मातहतमा संचालित क वर्गको बैंक हो । अधिकतम विदेशी लगानीमा स्थापित यो बैंक विभिन्न कारणले आलोचित भइरहेको छ । विशेषतः सूचना लुकाउने कुरामा यो बैंक माहिर छ । केन्द्रीय बैंकको निर्देशन पालन गर्न अटेर गर्ने यो बैंकले हत्तपत्त बैंकको शाखा संजाल, व्याजदर, लगानीको अवस्था लगायतका विषयमा सूचना दिँदैन । हरेक वर्ष अरबौँ नाफा कमाउने गरेको यो बैंकले न त राष्ट्र बैंकको शाखा विस्तारको नीतिलाई पछ्याएको छ, न त लगानी विस्तारलाई नै । मुनाफा आर्जनका लागि मात्र अग्रसर रहने तर राष्ट्रिय हितका लागि कुनै काम नगर्ने भएकाले स्टान्डर्ड चार्टर्ड बैंकका धेरै आलोचना हुने गरेको छ । 

सुचना लुकायो
स्टान्डर्ड चार्टड बैंकको सबैभन्दा बढी आलोचना सुचना लुकाएको कारण हुने गर्दछ । यो बैंकले अन्य बैंकमा जस्तो सुचना अधिकारी राखेको छैन । त्यसैले गर्दा, सुचनाको लागि अरु कर्मचारीलाई फोन गर्नुपर्ने अवस्था आउँछ र अरु कर्मचारीहरुले थाहा छैन भन्ने उत्तर दिन्छन् । यो बैंकले सञ्चार माध्यमहरुलाई सुचना दिन मान्दैन । बैंकको लगानीको विषयमा बुझन् खोज्दा सम्बन्धित व्यक्ति उपस्थित नभएको र आफूलाई थाहा नभएको भन्ने जवाफ आउँछ । राष्ट्र बैंकको नीति र निर्देशनबमोजिम काम नगरेका कारण स्टान्डर्ड चार्टर्ड बैंकले सूचना दिन आनाकानी गरेको देखिन्छ । 

उत्पादनमुलक क्षेत्रमा लगानी कम 
स्टान्डर्ड चाटर्ड बैंकले उत्पादनमुलक क्षेत्रमा भन्दा बढी नाफामूलक क्षेत्रमा लगानी गरेको छ । उत्पादनमूलक क्षेत्रमा शून्य बराबर लगानी गरेको बैंकले घरजग्गाा लगायतमा लगानी गरेर छोटो समयमा धेरै मुनाफ आर्जन गर्ने नीति लिएको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई उत्पादनमूलक क्षेत्रमा २५ प्रतिशत लगानी गर्न निर्देशन दिएको छ । त्यसमध्ये पनि १० प्रतिशत कृषिमा र पाँच प्रतिशत  उर्जामा लगानी गर्नुपर्ने भनिएको छ । स्टान्डर्ड चार्टर्ड बैंकले उक्त नीतिलाई आत्मसात् गरेको छैन । बैंकले उत्पादनमूलक क्षेत्रमा जम्मा आठ प्रतिशत लगानी गरेको छ । लगानीको विषयमा बुझ्न जाँदा उल्टै सूचना नदिई फर्काउने गरेको छ ।

शाखा सञ्जालमा कमी 
अरु वाणिज्य बैंकहरुले शाखा विस्तार गर्दै सबै ठाउँहरुमा वित्तीय पहुँचको विस्तार गर्दै आएका छन् । तर स्टान्डर्ड चार्टड बैंकले शाखा विस्तार कार्यमा ध्यान दिएको छैन । २८ वटा वाणिज्य बैंकहरुले राष्ट्र बैंकको निर्देशनअनुसार स्थानीय तहमा शाखा विस्तार गर्दै आइरहेका छन् । तर, स्टान्डर्ड चार्टर्ड बैंकले स्थानीय तहमा शाखा विस्तार गरेको छैन । सबै स्थानीय तह तथा दुर्गम भेगमा बैंक पुर्याएर ससानो पूँजीलाई पनि बैंकिङ क्षेत्रमा ल्याउने र समग्र मुलुकको आर्थिक विकास गर्ने नेपाल राष्ट्र बैंक तथा सरकारको उद्देश्य रहेको छ । तर राष्ट्रिय हीतभन्दा पनि पर रहेर मुनाफामा मात्र केन्द्रीत यस बैंकले दर्गम भेगमा शाखा खोल्न मानेको छैन । सन् १९८७ मा नेपाल प्रवेश गरेको यस बहुराष्ट्रिय बैंकले हालसम्म १२ वटा मात्र शाखा विस्तार गरेको छ । सबै शाखा सहरकेन्द्रित रहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]