July 5th, 2018

connectIPSमा आवद्ध भयो ओम डेभलपमेन्ट बैंक, अनलाइन पेमेन्टमा सजिलो

ओम  डेभलपमेन्ट बैंक लिमिटेड पनि connectIPS e-payment प्रणालीमा आवद्ध भएको छ । यस सम्बनधमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेड र ओम डेभलपमेन्ट बैंकबीच सम्झौता भएको छ । उक्त प्रणालीको अनलाइनमार्फत दिइने भुक्तानी सेवा सम्बन्धि सम्झौतामा नेपाल क्लियरिङ्ग हाउसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र ओम डेभलपमेन्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले हस्ताक्षर गरे ।

नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको यस प्रणालीमार्फत बैंकका ग्राहकहरुले www.connectips.comमा गई आफुलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने online payment, रकम ट्रान्सफर, बिल भुक्तानी लगायतका भुक्तानी कारोबार गर्न सक्ने व्यवस्था रहेको छ । हाल उक्त प्रणालीमार्फत नेपाल सरकारको  ठमेल कर कार्यालयको राजश्व भुक्तानी गर्न सकिने व्यवस्था रहेको र छिटै अन्य कर÷गैर कर भुक्तानी तथा खाताबाट गरिने रकम ट्रान्सफर समेत गर्न सकिने जानकारी कम्पनीले गराएको छ ।

connectIPS e-payment प्रणालीमा लागि हालसम्म ३० बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकोमा हालसम्म १४ वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]