July 5th, 2018

ज्योति लाईफ इन्स्योरेन्सद्वारा पहिलो दावी भुक्तानी

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले आफ्नो पहिलो दावी भुक्तानी गरेको छ । यस कम्पनीमा गत पुष ३० गते वार्षिक ४१ हजार दुई सय १५ रुपैयाँ प्रिमियम बुझाई बीमालेख सुरु गरेका राकेश प्रसाद कुर्मीनको गत वैशाख २२ गते हृदयघात भई उपचारको क्रममा मृत्यु भएपछि बीमितले इच्छाएको ब्यक्तिलाई दाबी भुक्तानी गरिएको हो । मृतक कुर्मीको आमा कुसुम देवी कुर्मीनले यस बीमा लेख अन्तर्गत दावी भुक्तानीको लागी आवश्यक कागजातहरु संलग्न गरी निवेदन पेश गरेकी थिइन् ।

कम्पनीले आफ्नो दावी प्रक्रियाको सम्पूर्ण कारवाही सम्पन्न गरी २०७५ अषाढ २० गते बारा जिल्ला बहुअरी वडा नं १ बीमितको निवासमा एक कार्यक्रमबिच बीमा रकम हस्तान्तरण गरेको छ । कम्पनीका कार्यकारी उपप्रमूख प्रकाश विक्रम खत्रीले कुसुम देवी कुर्मीनलाई दावी रकम पाँच लाख रुपैयाँ हस्तान्तरण गरे ।

उक्त कार्यक्रममा प्रकाश विक्रम खत्रीले यस्तो दुखद् घडीमा कम्पनीले यथाशिघ्र दावी भुक्तानी गर्नु कम्पनीको अहम दायित्व रहेको र सोही बमोजिम बीमितको दावी भुक्तानी गरीएको बताए । 

विभिन्न स्थानीय पदाधिकारी तथा कम्पनीको उच्च पदाधिकारीहरु उपस्थित उक्त कार्यक्रममा आमा कुसुम देवी कुर्मीनले दावी भुक्तानी अपेक्षित समय भन्दा छिटो उपलव्ध गराईदिएकोमा कृतज्ञता जाहेर गर्दै उक्त रकमबाट आफ्नो पनि बीमा गर्ने ईच्छा व्यक्त गरिन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]