June 14th, 2018

राष्ट्रिय वाणिज्य बैंकको १२ औं वार्षिक साधारणसभा सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको बाह्रौं वार्षिक साधारणसभा विहीबार सम्पन्न भएको छ । साधारणसभाले आ.व. २०७३/०७४ को वार्षिक प्रतिवेदन पारित गरेको छ । नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गको सभापतित्वमा सम्पन्न सो साधारण सभामा अध्यक्ष गुरुङ्गले प्रतिवेदन प्रस्तुत गर्दै राष्ट्रिय वाणिज्य बैंक विश्वासनीय भएको र आगामी दिनमा थप सृदृढ बनाउने प्रतिबद्धता ब्यक्त गरे ।

साधारणसभामा बैंकका सेयरधनीहरु क्रमशः नेपाल सरकारका अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भैतीक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य तथा आपूर्ती मन्त्रालय, उर्जा मन्त्रालय, सिंचाइ मन्त्रालयका प्रतिनीधि तथा सार्वसाधारण शेयरधनिहरुको उपस्थिति रहेको थियो । अध्यक्ष गुरुङ्गले प्रस्तुत गरेको प्रतिवेदन माथि सेयरधनिहरु अमृतनाथ रेग्मी र डमरु बल्लभ घिमिरेले टिप्पणी गर्नुका साथै बैंक सुधारको निमित्त विभिन्न सुझाब सहितको धारण राखेका थिए । सो टिप्पणी एवं जीज्ञासाबारे बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले जवाफ दिएका थिए ।

बैंकको हाल ६९ जिल्लामा १९२ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । चालु आ.व.को तेस्रो त्रैयमास सम्म बैंकले १ खर्व ५३ अर्व निक्षेप संकलन गरी १ खर्व १२ अर्व कर्जा लगानी गरि ३ अर्व ८ करोड खुद मुनाफा कमाएको छ ।

साधारणसभामा बैंक संचालक समितिका सदस्यहरु निर्मलहरि अधिकारी, रबीन्द्रलाल श्रेष्ठ, जनककुमार बराल, विद्यावारीधी सिग्देल, अर्जुनबहादुर अधिकारी, डा.माधबप्रसाद दाहाल, प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृतद्धय भुपेन्द्र पाण्डे, कबिराज अधिकारी, महाप्रवन्धकहरु सुशिल श्रेष्ठ, केसबप्रसाद लम्साल, टेकराज जोशी, उद्धबप्रसाद खनाल र विभागीय प्रमुखहरु लगायतकोे उपस्थिती रहेको थियो । साभारणसभालाई कम्पनी सचिव जगन्नाथ कुंईकेलले सहजीकरण गरेका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]