June 14th, 2018

ज्योति विकास बैंक र लुम्बिनी विकास बैंकबीच रेमिट्यान्स सम्झौता

ज्योति विकास बैंक लि. र लुम्बिनी विकास बैंक लि. बिच मिति २०७५ जेष्ठ ३१ गते रेमिट सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा ज्योति विकास बैंक लिमिटेडको तर्पmबाट प्रमूख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा लुम्बिनी विकास बैंकका तर्पmबाट निमित्त प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले हस्ताक्षर गरे । 

ज्योति विकास बैंकले हालै संचालनमा ल्याएको ज्योति रेमिट सेवा लुम्बिनी विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट र लुम्बिनी विकास बैँक को रेमिटेन्स सेवा ज्योति विकास बैँकको सम्पुर्ण शाखाबाट प्राप्त गर्न सकिने भएको छ । 

हाल ज्योति विकास बैँक को ५५ वटा शाखा रहेका छन् भने यस आर्थिक वर्षभित्र थप  ५ शाखा संचालनमा आउँदैछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]