June 13th, 2018

रिचार्जर एपबाट मोबाइल किन्दा टिभि सित्तैंमा, अफर एक साता चल्ने

फुटबलको कुम्भ मेला विश्वकप फुटबलको अवसर पारेर मोबाइल एप रिचार्जरले मोबाइल किन्दा टिभि सित्तैंमा दिने अफर ल्याएको छ । विश्वकप फुटबलको समयमा टिभि तथा मोबाइल किन्ने सोच बनाएकाहरुलाई लक्षित गर्दै रिचार्जरले यस्तो अफर ल्याएको हो । 

यसअघि केही घण्टाका लागि मात्र १ रुपैंयामा जर्सी उपलब्ध गराएको रिचार्जरले यो अफर एक सातासम्म सञ्चालन गर्ने जनाएको छ । ‘मोबाइल किन्दा टिभि सित्तैमा’ अफर विश्वकप फुटबल सुरु हुने दिन बिहीबारदेखि सुरु हुनेछ । रिचार्जर को वेबसाइटमा नभई मोबाइल एपमा मात्र अफर लागू हुने रिचार्जरका प्रमुख कार्यकरी अधिकृत निराजन सिंहले बताए । 

गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोले पछि प्रयोगकर्ताले १०० रुपैंया क्यास व्याक पाउने छन् । ‘त्यस पछि जतिको मोबाइल रिचार्ज गर्नु हुन्छ, त्यत्ति नै क्यास व्याक पाउनु हुन्छ । यसरी प्राप्त हुने क्यास व्याकलाई रिचार्जर बाट सामान खरिद गर्दा प्रयोग गर्न सकिन्छ ।’ सिंहले बताए ।

Hyperlinks are :

for google play : https://play.google.com/store/apps/details?id=com.reecharger&hl=en

and for Apple Appstore :

https://itunes.apple.com/np/app/reecharger/id1125224725?mt=

 

सिंहका अनुसार रिचार्जरबाट साओमीको एमआई मिक्स, एमआई एम फाईभ एक प्लस तथा जेटीईको एक्सन इलाइट मोडलका मोबाइल किन्नेहरुले १९ इञ्चको टेक्नोजको एलईडी टिभि पाउने छन् । त्यसै गरी जेटीईको एक्सन मिनी, एचटीसीको डी ७२८ र ६२६ जी प्लस मोडलका मोबाइल खरिद गर्नेले टेक्नोजको १५.६ इञ्चको एलईडी टिभि पाउने छन् । अफर बिहीबारदेखि सुरु हुनेछ ।

प्रत्येक एक महिनामा यस्ता अफरहरु कम्तीमा एक पटक सञ्चालन गरिने ग्लोबल कि टेक्नोलोजीका प्रबन्ध निर्देशक टीकाराम बुढाथोकीले बताए । ‘मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिंग गर्दा तपाईले ११ वटा बैंकको इ बैंकिंग, इसेवा, आईएमई पे लगायतका गेटवेका साथै मास्टर तथा भिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सक्नु हुन्छ ।’बुढाथोकीले भने ।

होटल, रेष्टूरेण्ट, पानी, बिजुली, इन्टरनेट सेवाप्रदायकका बिलहरु पनि तिर्न सकिने तयारी गरिरहेको रिचार्जर एपबाट क्यास व्याकको सदुपयोग गरी समय र पैसाको बचत गर्न सकिन्छ ।

‘नेपाली एप्स हामी नेपालीहरुकै लागि’ भन्ने नाराका साथ सेवा सुरु गरेको रिचार्जरले १ हजारभन्दा बढी ब्राण्डसंग सहकार्य गर्दै सुपथ मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]