May 18th, 2018

प्रभु लाइफ इन्स्योरेन्सको लेखनाथ शाखाबाट कारोबार सुरु

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले जेठ ३ गते विहिवारदेखि आफ्नो शाखा कार्यालय लेखनाथ पोखराको शुभारम्भ गरी कारोबार सुरु गरेको छ । कम्पनीको संस्थागत शेयरधनी सांग्रिला डेभलपमेन्ट  बैंकका अध्यक्ष डा. रबिन्द्र श्रेष्ठले विहिवार एक कार्यक्रमकाबीच सेवा शुभारम्भ गरे ।

कार्यक्रममा डा. श्रेष्ठले प्रभु लाइफ इन्स्योरेन्सले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरे । ‘हामी जीवन बीमा बजारमा केही नयाँ गर्न आएका हौं । जीवन बीमा क्षेत्रमा हामीले छुट्टै स्थान बनाउनेछौ’ उनले भने, ‘अहिलेको जीवन बीमाको बजार विस्तारसँगै यसलाई परिपक्व र गतिशिल बनाउने योजनासहित हामी आएका छौं ।’ डा. श्रेष्ठले कम्पनीले व्यवसायीक उचाई हासील गर्ने विश्वास व्यक्त गरे ।

दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक सेयरधनीले एक अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले केही समयभित्रै ६० करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्दैछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]