May 17th, 2018

सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै पूर्णिमा विकास बैंकले मनायो वार्षिकोत्सव

पूर्णिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको एघारौं बर्ष प्रबेशको अवसर पारेर सुर्यपुरा गाउँपालिका वडा नं. ६ मा अवस्थित सूर्यपुरा उच्च माध्यामिक बिद्यालयमा निशूल्क बाल आँखा शिविर सम्पन्न गरेको छ । विहीबार (जेठ ३ गते) संचालित कार्यक्रममा कक्षा १ देखि कक्षा १० सम्मका अध्ययनरत करीब ९०० जना विद्यार्थीहरुको आँखा जाँच गरिएको छ । सो कार्यक्रम “रण अम्बिका आँखा अस्पताल भैरहवाको” प्राबिधिक सहयोगमा सञ्चालन भएको हो । 

त्यस्तै, बैंकले बुधबार नवलपरासीको रामग्राम नगरपालिकास्थित सुक्रौलीमा एक दिने बाल आँखा शिविर सम्पन्न गरेको छ । जनता माध्यामिक बिद्यालयमा संचालित कार्यक्रममा बिद्यालयमा अध्ययनरत करीब ६ सय बिद्यार्थीहरुले प्रत्यक्ष रुपमा आँखा जाँच गराउने अवसर प्राप्त गरे । उक्त कार्यक्रम “डा. बिनोद निता कंडेल आंखा अस्पताल” परासीको प्राबिधिक सहयोगमा सम्पन्न भएको थियो । 

दुबै बिद्यालयहरुमा आँखा जाँच गर्दा दृष्टिमा समस्या देखिएका सम्पूर्ण विद्यार्थीहरुलाई निःशूल्क चस्मा समेत प्रदान गरिएको थियो । 

दुवै विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत करीब २०० जना बिद्यार्थिहरुलाई बैकिङ्ग साक्षारता सम्बन्धी १ दिने तालिम समेत दिइएको थियो । उक्त अवसरमा स्कूलमा अध्ययनरत जेहेन्दार बिद्यार्थिहरुलाई कपि, कलम र बिद्यालयलाई खेलकुदका सामाग्रीहरु प्रदान गरिएको थियो । 

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिने यस्ता प्रकारका कार्यक्रमहरुलाई भविष्यमा निरन्तर दिँदै जाने कुरामा यस बैंंक प्रतिबद्ध रहेको जानकारी प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङ्गले दिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]