May 17th, 2018

सामान्य अंकले नेप्से परिसूचक बढ्दा साढे २८ करोडको कारोबार

बैंकिङ खबर । साताको अन्तिम दिन सेयर बजार १.६४ अंकले बढेर १३३९.६५ अंकमा पुगेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत् र बीमा समूह क्रमशः २.२, २.९, २.७१, ४.७९ र २८.७२ अंकले बढेका छन् । व्यापार, फाइनान्स, उत्पादनमूलक, अन्य र लघुवित्त क्रमशः ४.९८, ०.२९, १५.९६, २.४७ र ४.०२ अंकले घटेका छन् ।

दिनभरिमा १५४ वटा कम्पनीको पाँच लाख ७९ हजार ४१ कित्ता सेयर तीन हजार छ सय ६८ पटक खरिदविक्री हुँदा २८ करोड ५४ लाख ५५ हजार एक सय ४१ रुपैयाँको कारोबार भएको छ । वोमी माइक्रोफाइनान्सको दुई करोड, नेपाल बैंकको ९७ लाख, प्रभु इन्स्योरेन्सको ९० लाख, मिर्मिरे माइक्रोफाइनान्सको ८४ लाख र नेपाल लाइफ इन्स्योरेन्सको ८१ लाखको कारोबार भएको छ । ग्लोबल आईएमई बैंक, एभरेष्ट बैंक, एनसीसी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक र एनएमबि बैंकको क्रमशः ७२ लाख, ६६ लाख ३५ हजार, ६६ लाख ३४ हजार, ६४ लाख र ६३ लाखमाथिको सेयर कारोबार भएको छ ।

६४ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । सबैभन्दा धेरै कन्काई विकास बैंकका सेयरधनीले ५.९७ प्रतिशतका दरले कमाएका छन् । समता माइक्रोफाइनान्स, किसाान माइक्रोफाइनान्स, राधी विद्युत् कम्पनी, तारा गाउँ रिजेन्सी, हिमालयन बैंक, सहयोगी विकास बैंक, हाम्रो विकास बैंक, छ्याङ्दी हाइड्रो, प्रभु इन्स्योरेन्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, मिसन डेभलपमेन्ट बैंक र रिडी हाइड्रोका सेयरधनीले चार प्रतिशतभन्दा बढीका दरले गुमाएका  छन् । विशाल बजार, भार्गव विकास बैंक, महिला सहयात्रा माइक्रोफाइनान्स, महुली सामुदायिक लघुवित्त, हिमालयन डिस्टीलरी, मेरो माइक्रोफाइनान्स, नयाँ नेपाल लघुवित्त, एभरेष्ट इन्स्योरेन्स लगायतका सेयरधनीले पनि गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]