May 17th, 2018

कुनै पनि वाणिज्य बैंकको उपस्थिति नभएको २७ स्थानीय तहमा ‘एनआईसी एशिया बैंक’   

एनआईसी एशिया बैंकले कुनै पनि वाणिज्य बैंकको उपस्थिती नभएका २७ स्थानीय तहमा आफ्नो शाखा विस्तार गरी बैंकिङ सेवा सुरु गरेको छ । राज्यको पुर्नसंरचनासँगै सम्पुर्ण स्थानीय निकायहरुमा वाणिज्य बंैकको शाखा सञ्जाल मार्फत उपस्थिति सुनिश्चित गर्ने नेपाल सरकारको नीति बमोजिम नेपाल राष्ट्र बैंकसँग प्रतिबद्धता जनाएको ३४ वटा स्थानीय तहहरुमध्ये बैंकले  हालसम्म २७ स्थानीय तहहरुमा शाखा कार्यालयहरु संचालनमा ल्याएको हो । 

दुर्गम तथा ग्रामीण क्षेत्रहरुमा समेत आफ्नो पहुँच अभिबृद्धि गर्दै सम्पुर्ण तह तप्काका सर्वसाधारणको बैंकको रुपमा आफ्नो पहिचान बनाईरहेको यस बैंकले समस्त ग्राहकहरुलाई उच्चस्तरीय सेवा दिँदैआईरहेको छ । बैंकको हालसम्म २१० वटा शाखा कार्यालय, २०३ एटिएम, ६ वटा एक्स्टेन्सन काउण्टर, ६ वटा शाखारहित बैंकिङ्ग एवं ५५०० भन्दा बढि रेमिटेन्स पे आउट एजेन्ट सहित मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकको रुपमा स्थापित भैसकेको छ । 

शाखा सञ्जाल, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा यस बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । ग्राहक महानुभावहरुको अपार स्नेह, विश्वास तथा भरोसाका कारण यस बैंकले करीब १३५ अर्ब निक्षेप संकलन गरी करीब ११० अर्ब कर्जा प्रवाह गरिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]