May 16th, 2018

मुगुको गमगढीमा निर्धन उत्थान बैंकद्वारा ब्यवसायिक तरकारी खेती तालिम सम्पन्न

निर्धन उत्थान बैंक लिमिटेडले बैंकका आफना ३० जना ग्राहक सदस्यहरुको सहभागितामा २०७५ बैशाख २७ गतेदेखि २९ गतेसम्म मुगु जिल्लाको गमगढीमा “ब्यवसायिक तरकारी खेती तालिम” सम्पन्न गरेको छ । तालिममा प्रशिक्षकहरु दिपक पुन, कृष्ण बहादुर रावल, हिमाल सुवेदी रहेका थिए । निर्धन उत्थान बैंक लिमिटेड र सक्षमको संयुक्त पहलमा उक्त तालिम संचालन गरिएको बैंकका क्षेत्रीय कार्यालय गमगढीका प्रमुख हिमाल सुवेदीले जानकारी दिए । तालिममा सहभागीहरुलाई स्वागत गर्नुका साथै तालिमको उद्देश्य बारेमा बैंकको गमगढी शाखाका प्रमुख हिमाल सुवेदीले प्रकाश पारेका थिए ।

तालिममा हिउँदे तरकारी खेती प्रविधि, करेसाबारीको परिचय र महत्व, तरकारी खेती नर्सरी बनाउने तरिका, लहरे तरकारी खेती प्रविधि, जरे तरकारी र कोसे तरकारी खेती प्रविधि, मलखादको प्रयोग, सिंचाई तथा ब्यवस्थापन, साग बाली खेती र बेमौसमी तरकारी खेती प्रविधि, तरकारी वालीमा लाग्ने रोग तथा किराहरु, विषादी ब्यवस्थापन, तरकारी वालीमा उचित पोष्ट हार्भेष्ट, बेचबिखन तथा बजार ब्यवस्थापन, टमाटर खेतीको स्किम, च्याउ खेती स्किम, बचत परिचालन र बचतका फाईदाहरु लगायत बैंकका सेवाहरुका बारेमा जानकारी दिइएको थियो ।

तालिमको समापन कार्यक्रममा सहभागीहरुको तर्फबाट सहभागी अनिता रावल, उजेली सेजुवाल., रामदेबी बुढाले तालिमको मूल्याकंन गरेका थिए । सहभागीहरुले तालिमको मूल्याकंन गर्ने क्रममा यस किसिमको तालिमले फाईदा पुर्याउनुका साथै ब्यवसायिक रुपमा तरकारी खेती गरी आफनो जीवनस्तर उकास्न सहज हुने बताएका थिए । तरकारी खेती गरी रहेका बैंकका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराईएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]