May 15th, 2018

नयाँ नेपाल लघुवित्तको छ दिने लेखा ब्यबस्थापन र सफ्टवयर तालिम सम्पन्न

नयाँ नेपाल लघुवित्त बिकास बैंक केन्द्रीय कार्यलय, धुलिखेलले सात दिने लेखा ब्यबस्थापन, सफ्टवयर संचालन र ईरिपोर्टिङ्ग सम्बन्धी तालिम यसै संस्थाको शाखा कार्यालय बर्दिबासमा सम्पन्न गरेको छ । कर्मचारीको लेखा ब्यबस्थापन, सफ्टवयर संचालन, रिपोर्टिङ लगायत सम्पुर्ण प्राबिधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले बैसाख २५ गते सुरु गरिएको कार्यक्रम बैसाख ३१ गते सम्पन्न भएको हो । 

केन्द्रीय कार्यलय धुलिखेलका प्रबन्धक माधवराज दहालद्धारा उद्घाटन गरिएको तालिममा पुर्ब क्षेत्रका १४ शाखाका २० कर्मचारी सहभागी थिए । तालिममा इम्पावर सफ्टवयरको तर्फबाट उक्त सफ्टवयरको उत्पादक तथा बितरक infodev कम्पनिका प्रतिनिधि नविन पहाडीले सफ्टवयर संचालन सम्बन्धी ब्यबहारीक ज्ञान दिएका थिए । लेखा र ई रिपोर्ट सम्बन्धी पाटो यसै संस्थाका प्रबन्धक माधवराज दहाल र अनुगमनका सुमन घिमिरेले सम्हालेका थिए ।

कार्यक्रममा शाखा कार्यलय महादेबस्थानका कार्यलय प्रमुख सुजन अधिकारी र बर्दिबास साखाका शाखा प्रबन्धक आशीस प्रधानले मन्तब्य राख्दै यस्ता खाले ब्यबहारीक कार्यक्रमले कर्मचारीको क्षमता अभिवृद्धि भई लघुबित्तको मर्म र भावना अनुसार कार्यक्रम बिस्तार गर्न सकिने कुरा प्रकाश पारे ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]