May 14th, 2018

रैराङ हाइड्रोको आठ लाख ४० हजार कित्ता आईपिओ खुल्यो

बैंकिङ खबर । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आठ लाख ४० हजार कित्ता आइपिओ निष्कासन गरेको छ ।  कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा आठ करोड ४० हजार रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । सेयर निष्काशन छिटोमा जेठ ३ गते र ढिलोमा जेठ २९ गतेसम्म खुला रहने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक एनआइविएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।

आवेदकले न्युनतम ५० कित्ता र अधिकतम ४२ सय कित्तासम्मको लागि आवेदन दिन पाउने छन् । कुल सेयरमध्ये, कर्मचारीहरुको लागि ३३ हजार ६ सय र ४२ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ भने बाँकी ७ लाख ६४ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् । आवेदकले धितोपत्र बोर्डबाट आस्वा सुविधाको अनुमति लिएका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाउनेछन् ।

कम्पनीको जारी पूँजी ५६ करोड रुपैयाँ रहेको छ। जसमध्ये संस्थापक सेयर धनीको तर्फबाट हालको चुक्ता पूँजी ४२ करोड रुपैयाँ रहेको छ । सेयर निष्कासन पछि कम्पनीको चुक्ता पूँजी ५६ करोड रुपैयाँ पुग्ने छ।  कम्पनीको पूँजी संरचना संस्थापक सेयरधनीको ७५ प्रतिशत, प्रभावित क्षेत्रका सेयरधनीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत रहेको छ।

कम्पनीको इक्रा रेटिङ ’इक्रा आइपिओ ग्रेड ४’ रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]