May 2nd, 2018

कृषिमा लगानी बढाउँदै बैंकहरु

बैंकिङ खबर । बैंकहरुले नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिक कृषि क्षेत्रमा लगानी विस्तार गर्न थालेका छन् । राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा लगानी नगरे कारबाही गर्ने घोषण गरेपछि बैंकहरुले प्राथमिकताका साथ कृषि क्षेत्रमा लगानी विस्तार गरिरहेका छन् । तथ्यांकअनुसार, माघ महिनामा मात्रै कृषिमा बैंकहरुको दुई अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

चालु आवको मौद्रिक नीतिमा राष्ट्र बैंकले कृषि क्षेत्रमा १० प्रतिशत कर्जा अनिवार्य गरेको छ । तर पनि, अहिलेसम्म कृषि क्षेत्रमा कुल कर्जाको ४.७६ प्रतिशत मात्र लगानी भएको छ । माघसम्म बैंक तथा वित्तीय संस्थाले २२ खर्ब ४३ अर्ब ३५ करोड लगानी गरेका छन् । जसमध्ये, कृषि तथा वनसँग सम्बन्धित उद्योग तथा व्यवसायमा बैंकले गत माघसम्म एक खर्ब चार अर्ब १६ करोड लगानी गरेका छन् । मत्स्य व्यवसायमा दुई अर्ब ६९ करोड लगानी भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]