April 26th, 2018

१३५७ अंकमा झर्यो सेयर बजार, १४ कम्पनीका सेयरधनीले मात्रै कमाए

बैंकिङ खबर । साताको अन्तिम दिन सेयर बजार २९.२५ अंकले घटेर १३५७.२२ अंकमा पुगेको छ । सबै उपसूचक घटेका छन् । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः २१.४२, ४७.०९, ३४.७५, ४४.६८, ११.६१, २३१.१२, ३७.४१, १२.५४ र ४३.२१ अंकले घटेका छन् । 

कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ । दिनभरिमा १५९ वटा कम्पनीको १३ लाख ३८ हजार सात सय ३७ कित्ता सेयर छ हजार छ सय ९८ पटक खरिदविक्री हुँदा ६३ करोड ८४ लाख ४३  हजार तीन सय ६३ रुपैयाँको कारोबार भएको छ । जसमध्ये र राष्ट्रिय बीमा कम्पनी प्रोमोटर र ने पाल बैंकको दुई करोड तथा सिद्धार्थ बैंक प्रोमोटर, राष्ट्रिय बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, स्टान्डर्ड चार्टर्ड बैंक, एसियन लाइफ, इन्स्योरेन्स, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, सोल्टी होटल, एभरेष्ट बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ । 

जम्मा १४ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । स्वदेशी लघुवित्त र मिर्मिरे माइक्रोफाइनान्सका सेयरधनीले क्रमशः ५.९९ र ५.०९ प्रतिशतले कमाएका छन् । किसान माइक्रोफाइनान्स, उन्नति माइक्रोफाइनान्स, आरम्भ माइक्रोफाइनान्स, रिलायन्स फाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक, सिटी एक्सप्रेस फाइनान्स, जलविद्युत् लगानी तथा विकास कोष, एभरेष्ट बैंक सीपी, सिद्धार्थ बैंक, ग्रीन डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक र एनएमबि बैंकका सेयरधनीले पनि कमाएका छन् । 

यता, नयाँ नेपाल लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, बोटलर्स नेपाल र नेशनल माइक्रोफाइनान्सका सेयरधनीले सात प्रतिशत तथा सूर्योदय लघुवित्त, राष्ट्रिय बीमा कम्पनी, अरुण काबेली पावर, पोखरा फाइनान्स, जानकारी फाइनान्स, कैलाश विकास बैंक लगायतका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले गुमाएका  छन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]