April 26th, 2018

जनता बैंकको नाफा ५७ करोडमाथि

बैंकिङ खबर । जनता बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५७ करोड ५७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंक ले गत  आर्थिक वर्षको सोही अवधिको तुलनामा ५० दशमलव ७६ प्रतिशत बढी नाफा कमाएको हो । गत  आर्थिक वर्षको तेस्रो त्रैमासमा जनताले ३८ करोड १८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

आठ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याएको बैंकले जगेडकोषमा ६३ प्रतिशतले वृद्धि गरी एक अर्ब ३७ करोड सात लाख रुपैयाँ राखेको छ । निक्षेपमा ५३ दशमलव ९४ प्रतिशतले वृद्धि गरी ५४ अर्ब ५७ करोड ९५ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जातर्फ ५३ दशमलव ९४ प्रतिशतले वृद्धि गरी ५१ अर्ब १६ करोड ९० लाख रुपैयाँ लगानी गरेको छ । 

बैंकको खुद व्याज आम्दानी १११ दशमलव २७ प्रतिशतले बढेर एक अर्ब ५७ करोड ४४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४८ दशमलव २५ प्रतिशतले बढेर ६७ करोड ९७ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा २५ करोड ११ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा ३६ करोड ९१ लाख रुपैयाँ राखेको छ ।

बैंकको निष्कृय कर्जा शुन्य दशमलव ०३ प्रतिशतले घटेर एक दशमलव ९५ प्रतिशत रहेको छ भने पुँजीकोष अनुपात शुन्य दशमलव ०३ प्रतिशतले बढेर १६ दशमलव १३ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी नौ दशमलव ५९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १७ दशमलव ०९ गुणा, प्रतिसेयर नेटवर्थ एक सय १७ दशमलव १३ रुपैयाँ र तरलता अनुपात २३ दशमलव ०९ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]