April 20th, 2018

‘सहकारी प्रवद्र्धन नै पहिलो प्राथमिकता’

हरी बहादुर रोकाया । गाउँपालीकामा सञ्चालन भएका तिन वटा लघुवित्त संस्थाले जनतालाई ठग्ने काम गरेको गुनासो आएपछि हामीले बन्द गर्ने निर्णय गरेको थियौँ । तर, वित्तीय संस्थाहरु बन्द गर्ने हामीसँग संवैधानिक अधिकार छैन, त्यो हामीले बुझेका छौँ । त्यसैले, हामीले लघुवित्त संस्था बन्द गर्नेभन्दा पनि स्थानीय सहकारीहरुमार्फत लघुवित्तलाई प्रतिस्थापन गर्ने निर्णय गरेका छौँ ।

प्रत्येक वडामा सहकारी
हामीले अहिले जनताहरुले संकलन गरेको वित्त आफ्नो स्वामित्वमा आफैँले परिचालन गर्ने गरि प्रत्यक वडामा सहकारीहरु गठन गरिदिने कुरालाई प्राथमिकतामा राखेका छौँ । जे पनि गतिविधिहरु सहकारी मार्फत मात्र गर्ने गर्नुपर्दछ । त्यहाँ जनताको आफ्नै सहकारी भए, आफैँ पनि जिम्मेवार हुन्छन् । आफ्नो पुजी आँफै परिचालन गरेर लघु व्यवसायदेखि लिएर ठुला व्यवसाय त्यहिँबाट गर्न सक्छन् भन्ने हाम्रो बुझाइ हो । हामी त्यसरी नै परिचालन गर्छौँ । 

सहकारीको व्यवस्थापन
अहिले हामीले सहकारीलाई व्यवस्थित गर्ने काम गरि राखेका छौँ । सबैलाई सेयर सदस्य बन्नका लागि गाउँगाउँमा अभियान चलाइँदै छ । ५ वटा सहकारीहरु स्थापना गरिँदै छन् । यसअघि बन्द गर्ने भनिएका लघुवित्त वित्तीय संस्थाहरुलाई सहकारीले आफँै प्रतिस्थापन गर्नेछन् । 

जनतासँग साक्षातकार
हामी लघुवित्तभन्दा सहकारी हो भनेर जनतासँग साक्षातकार गर्ने कार्यक्रम गर्नेछौँ । सहकारीमा आफैँ अध्यक्ष र पदाधिकारी हुन्छन् र सबै समितीमा बस्न मिल्छ । साथमा सेयर सदस्य समेत हुन मिल्ने भएकोले त्यसको लाभांश पनि बाँड्न पाइन्छ भन्ने कुराको जानकारी दिँदै सहकारीतर्फ सर्वसाधारणको ध्यान आकर्षित गर्ने योजना बनाएका छौँ । त्यसो गरियो भने लघुवित्तबाट स्वःस्फूर्त रुपमा जनता सहकारीमा आवद्ध हुन्छन् भन्ने नीतिका साथ हामी अगाडी बढेका छौँ । लघुवित्तलाई हटाउने संवैधानिक अधिकार नभएकोले जनतालाई सहकारीमा आवद्ध गराउँदै लघुवित्तलाई कमजोर बनाउने नीति गाउँपालिकाले अपनाएको छ ।

लघुवित्तको अपारदर्शीताको विपक्षी
लघुवित्तमा पारदर्शीता नै छैन । राष्ट्रिय स्तरमै यस्ता प्रकारले लघुवित्तले जनतालाई ठगिराखेका छन् । पैसाको व्यापार भइरहेको छ । यो निश्चित मानिसले अर्काको पैसामा खाने र बस्ने काम गरेका छन् । यसको विपक्षमा छौँ हामी । हामीले सोझा साझा जनताबाट चक्रिय व्याजहरु मात्रै उठाउने रकम जम्मा गरेवापत भने व्याज नदिने काम बन्द गर्नुस् भनेका हौँ । गाउँपालिकाभित्रको जनताका जनजिविकाका सवालमा प्रश्न उठाउने, छलफल गर्ने, बहस गर्ने लगायतको जिम्मेवारी गाउँपालिकालाई छ । गाउँपालिकामा सहकारी स्थापनाको काम भइसकेको छ । 

थप सहकारी स्थापना
गाउँपालिकामा थप सहकारी स्थापना गरी पाँच वटा पुर्याइनेछ । प्रत्येक सहकारीमा हाउस होल्डर मेम्बर रहन्छन् । त्यसरि विभिन्न संघ संस्थाले सञ्चलन गर्ने कामदेखि गाउँपालिकाले गर्ने कामहरु पनि सहकारीकै माध्यमबाट गर्छौँ । त्यहाँबाट जनताले अपनत्व भावनाको महशूस गर्नेछन् । यसरी हामी जनतालाई जागृत गर्दै लैजान्छौँ । हामीले अनुदानका कार्यक्रम पनि सञ्चालन गरिराखेका छौँ । बाजुरास्थित गौमुल गाउँपालिकाका अध्यक्ष रोकायासँगको कुराकानीमा आधारित)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]