April 16th, 2018

कमोडिटी एक्सचेञ्ज संचालन गर्न चाहनेलाई २१ दिनभित्र आवेदन दिन आह्वान

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले कमोडिटी एक्सचेन्ज संचालन गर्ने अनुमति लिन चाहनेलाई २१ दिनभित्र आवेदन दिन आह्वान गरेको छ । आजदेखि २१ दिनभित्रमा निवेदन दिनेले मात्रै कमोडिटी एक्सचेन्ज संचालनका लागि प्रारम्भिक अ नुमति पाउने धितोपत्र बोर्डले जनाएको छ । 

बोर्डमा अहिलेसम्म ४ वटाले एक्सचेन्जकालागि निवेदन दिएका छन्। धेरैवटा एक्सचेन्ज आवश्यक नभएको भन्दै बोर्डले सँधै एक्सचेन्ज अनुमति लिनकालागि निवेदन खुला नराख्ने भएको छ। यससँगै अबको २१ दिनमा आएका निवेदन सहितलाई अध्ययन गरेर एक्सचेन्जको लाइसेन्स दिने तयारी गरेको जनाएको छ।

वस्तु तथा विनिमय बजार संचालन गर्ने कमोडिटी एक्सचेन्जको न्यूनतम चुक्ता पूँजी ५० करोड रुपैयाँ रहेको छ । हाल यस्ता एक्सचेन्ज तीनवटा संचालनमा छन् । बोर्डले एक्सचेन्जको संचालन अनुमति दिएसँगै एक्सचेन्जले ब्रोकर तथा वेयर हाउस संचालन गर्नेछ ।

हालसम्म चार कमोडिटी एक्सचे१ज संचालनका लागि चार वटा आवेदन परेको धितोपत्र बोर्डले जनाएको छ ।  
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]