April 13th, 2018

पाँच दिनमा सेयर बजार २७ अंकले बढ्यो, कारोबारमा पनि उल्लेख्य वृद्धि

बैंकिङ खबर । यो साता सेयर बजार २७.१६ अंकले बढेको छ । गत साताको अन्तिम दिन १२५०.३९ अंकमा बन्द भएको सेयर बजार यो साता १२७७.५५ अंकमा पुगेको हो । साताको पहिलो दिन ४४.६२ अंकले बढेको सेयर बजार सोमबार ६.८७ अंकले घटेको थियो । मंगलबार १७.५५ अंकले घटेको नेप्से परिसूचक बुधबार भने ३.१० अंकले बढेको थियो । विहीबार पनि सेयर बजार ४.२२ अंकले बढेको थियो । 

परिसूचक घटबढ भएसँगै कारोबार रकममा पनि उतारचढाव आएको छ । साताको पहिलो दुई दिने उत्साहजनक कारोबार भए तापनि अन्तिम तीन दिन कारोबार रकममा भारी गिरावट आएको थियो । समग्रमा साताभरमा दुई अर्ब ९४ करोड ७९ लाख ६४ हजार तीन सय ८३ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकम गत साताको तुलनामा ७४.१९ प्रतिशतले बढेको हो । गत साता एक अर्ब ६९ करोड २३ लाख २७ हजार तीन सय सात रुपैयाँको सेयर कारोबार भएको थियो ।

नविल बैंक, ओम डेभलपमेन्ट बैंक, बुटवल पावर कम्पनी, प्रभु इन्स्योरेन्स, स्टान्डर्ड चार्टर्ड बैंक  लगायतको धेरै कारोबार भएको छ । गुराँस लाइफ इन्स्योरेन्स, स्वदेशी लघुवित्त, सूर्योदय लघुवित्त, उन्नति माइक्रोफाइनान्स, सपोर्ट माइक्रोफाइनान्स लगायतका सेयरधनीले कमाएका  छन् । राधी विद्युत् कम्पनी, प्रोग्रेसिभ फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]