April 11th, 2018

सामान्य अंकले बढ्यो सेयर बजार, २८ करोड ८४ लाखको कारोबार

बैंकिङ खबर । बुधबार सेयर बजार ३.१० अंकले बढेर १२७३.३३ अंकमा पुगेको छ । बैंकिङ, जलविद्युत्, बीमा, उत्पादनमूलक र लघुवित्त समूह क्रमशः ३.२७, १०.०२, ४२.१, १२.६ र ४.७२ अंकले बढेका छन् । होटल, विकास बैंक, फाइनान्स र अन्य समूह क्रमशः १७.१४, ८.६१, ३.३४ र १.८४ अंकले घटेका छन् ।

कारोबार रकम मंगलबारको तुलनामा घटेको छ । दिनभरिमा १५८ वटा कम्पनीको आठ लाख ५९ हजार दुई सय ८२ कित्ता सेयर तीन हजार छ सय २२ पटक खरिदविक्री हुँदा जम्मा २८ करोड ८४ लाख ७८ हजार सात सय ७२ रुपैयाँको कारोबार भएको छ । मंगलबार ३४ करोडको सेयर कारोबार भएको थियो । 

कुल कारोबारमध्ये नविल बैंक प्रोमोटर र ओम डेभलपमेन्ट बैंकको क्रमशः साढे तीन करोड र दुई करोड ९६ लाखमाथिको सेयर कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड बैंक र नेपाल लाइफ इन्स्योरेन्सको ८० लाखमाथि तथा नविल बैंक, सूर्या लाइफ इन्स्योरेन्स, एनएमबि बैंक र नेशनल माइक्रोफाइनान्सको ७० लाखमाथिको कारोबार भएको छ । सानिमा माई हाइड्रोको ६६ लाख र नेपाल इन्भेष्टमेन्ट बैंकको ५८ लाखमाथिको सेयर कारोबार भएको छ ।

नेपाल हाइड्रो, स्वदेशी लघुवित्त र गुराँस लाइफ इन्स्योरेन्सका सेयरधनीले क्रमशः ६.३२, ५.९० र ५.३२ प्रतिशतका  दरले कमाएका छन् । उन्नति माइक्रोफाइनान्स, सपोर्ट माइक्रोफाइनान्स, आरम्भ माइक्रोफाइनान्स, जेविल्स फाइनान्स, प्रुडेन्सियल इन्स्योरेन्स, नेरुडे लघुवित्त, सिभिल लघुवित्त लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, हिमालयन डिस्टीलरीका सेयरधनीले सबैभन्दा धेरै ५.३८ प्रतिशतका दरले गुमाएका छन् । गोर्खाज फाइनान्स, राधी विद्युत् कम्पनी, गरिमा विकास बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, एनएमबि बैंक, बरुण हाइड्रो, सिनर्जी पावर, श्री इन्भेष्टमेन्ट फाइनान्स, सोल्टी होटल लगायतका सेयरधनीले पनि गुमाएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]